प्राईम बैंकमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

प्राईम बैंकमा आगलागी हुँदा ७ लाख बराबरको क्षति

संखुवासभा,चैत १९
संखुवासभाको सभापोखरी गाउँपालिका–६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा अन्दाजी ७ लाख मूल्य बराबरको क्षति भएको छ ।

मंगलबार बिहान करिब ८ बजे सोही स्थान बस्ने बिकाश तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो ।

आगलागीबाट बैंकमा भएको कम्प्युटर–२ थान, प्रिण्टर–३ थान, काउन्टिङ मेशिन–१ थान, कुर्सी–४ थान, फायर कन्ट्रोल मेशिन–१ थान, फर्निचर जलेर नष्ट हुनुका साथै ढोकाको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरी चौकी बाह्रविसेबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.