ओलम्पिक छनोट : नेपाल म्यानमारसँग पराजित

२० चैत ७५, बुधबार
Share this
716shares

एजेन्सी, चैत २०
टोकियो ओलम्पिक २०२० को दोस्रो चरणको छनोटअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली म्यानमारसँग ३–१ ले पराजित भएको छ ।

Advertisement

म्यानमारले खेलको २४ औं मिनेटमा यी यी ओको गोलमा अग्रता लिएको थियो । नेपालकी कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याइन् । म्यानमारले पहिलो हाफमा निकै आक्रमण गरेपनि नेपाली डिफेन्सले त्यसलाई विफल पार्न सफल भएको थियो ।

तर दोस्रो हाफमा म्यानमारले दुई गोल गर्न सफल भयो । दोस्रो हाफको सुरुवाती मिनेटमा नै म्यानमारका लागि विन थेंगी तुनले पेनाल्टीमा गोल गर्दै म्यानमार लाई अग्रता दिलाइन् । खेलको अन्तिम मिनेटमा तुनले नै म्यानमारको अग्रता बढाइन् । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले क्रसमा आएको बल फुस्काएपछि तुनले खाली पोस्टमा गोल गरेकी थिइन् ।

Advertisement

यससँगै म्यानमार अंक तालिकाको शीर्ष स्थानमा छ । समूहको अर्को खेलमा भारतले इन्डोनेसियालाई २–० ले पराजित गरेको छ । अंक तालिका नेपाल भने पुछारमा पुगेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top