पुल निर्माण नभएपछि स्थानीय आन्दोलित

पुल निर्माण नभएपछि स्थानीय आन्दोलित

सौरभ यादव
लहान, चैत २०
प्रधानमन्त्री र विभागीय मन्त्रीले समयमै सकिने प्रतिबद्धता जनाए पनि निर्माण कार्य रोकिएपछि सिरहाका स्थानीय आन्दोलित भएका छन् । बलान पुल निर्माण कार्य अगाडि बढाउन माग गर्दै हुलाकी सडक संघर्ष समितिले आन्दोलन थालेको हो ।

उनीहरूले मंगलबार ‘कमला–बलान पुल निर्माण किन बन्द भयो, प्रधानमन्त्री जवाफ देऊ’ भन्ने ब्यानरसहित प्रदर्शन गरेका छन । प्रदर्शनमा सहभागी संघर्ष समितिका संयोजक रामरिझन यादवले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले सिरहाका जनताकै सामुन्ने पुल निर्माण अब रोकिँदैन भनेर प्रतिबद्धता जनाएपनि अहिलेसम्म काम सुरु नभएपछि रोकिँदा समेत उहाँहरूले चासो नदेखाउनु भएकाले आन्दोलित हुनुपरेको हो ।’

पटक–पटक निर्माण रोकिएको सो पुल समयमै सम्पन्न गर्न दबाब दिँदै यादवको नेतृत्वमा स्थानीय १ महिना ३ दिनसम्म रिले अनशन बसेका थिए । ०७७ को २ वैशाखमा पुल उद्घाटन गर्ने गरी निर्माण कार्य अगाडि बढाउने तथा कुनै बहानामा अब नरोकिने सरकारी प्रतिबद्धतापछि अनशन रोकिएको थियो । सात वर्षअघि सुरु गरिएको कमला र बलान नदीको पुल निर्माण अझै सम्पन्न भएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.