विदेशीले नेपाली चियाको प्रशंसा गर्दै भने: धेरै देशमा नेपालमा चिया बन्छ भन्ने नै थाहा छैन

२१ चैत ७५, शुक्रबार

इलाम ,चैत २१

नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा अहिले पनि राम्रो बजार लिनसकेको छैन । सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोपसमेत लगाउँदै आएका छन् । तर, विदेशी चिया बिक्रेताले भने नेपाली चियाको प्रशंसा गरेका छन् ।

उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन् ।इलाम सदरमुकाममा भएको एक कार्यक्रममा स्वीट्जरल्याण्डका चिया टेस्टिङविज्ञ ल्याकुन्टेसले नेपाली चियाको भविष्य रहेको बताए ।

Advertisement

उनले नेपालको वातावरणसमेत राम्रो रहेको भन्दै यहाँ चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने औँल्याए । उनले नेपाली चियालाई प्राङ्गरिक रूपमा नै विकास गर्नसक्दा विश्वमा हारालुछ शैलीमा बिक्री हुनसक्ने बताए ।

तीन वर्षदेखि ल्याकुन्टेसले नेपालको चिया फ्रान्समा बिक्री गर्दै आएका छन्। केन्द्रीय चिया सहकारी सङ्घसँगको समन्वयमा उनले नेपाली चियाको प्रचार गर्ने र बिक्री गरेका हुन्।

Advertisement

यस्तै, स्वीस नागरिक ओलिवनले संसारका धेरै देशमा नेपालमा यस्तो चिया बन्छ भन्ने थाहा नभएको बताए । उनले नेपाल पनि एक प्राकृतिक हराभरा भएको देश भएकाले चियाले यसको पहिचान दिलाएको बताए ।

“अरू देशमा कसले कस्तो चिया बनाए भन्नेमा तपाईंहरू चासो नलिनुहोस्”, ओलिवनले भने, “आफ्नो चियाको बजारीकरणमा ध्यान दिनुहोस् ।” उनले नेपाली चिया विश्वकै गुणस्तरीय चिया भएको बताए । चार वर्षदेखि नेपाली चियाको प्रवद्र्धनमा लागेकी ओलिवन नेपाली चिया स्वीट्जरल्याण्डमा समेत बेच्ने गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य काजीमान कागतेले आफू चिया उद्यमी नै रहे पनि विदेशी नागरिकले समेत नेपाली चियाको प्रशंसा गरेकामा हर्षित भएको उल्लेख गरे । उनले प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्नसमेत प्रदेश लागेको बताए।

“हामीले प्रदेशस्तरीय चिया बोर्डसमेत बनाउन खोजेका थियौँ, तर बोर्डचाहिँ केन्द्र सरकारकै मातहतमा हुनुपर्ने प्रावधान छ”, उनले भने, “तर, हामी चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।” रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top