क्रस बोर्डर ट्रेडिङ प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड, नेपाली कम्पनीकाे शेयर विदेशमा कारोबार हुने

२१ चैत ७५, बिहीबार
Share this
756shares

काठमाडौं ,चैत २१

Advertisement

नेपाल धितोपत्र बोर्डले क्रस बोर्डर लिस्टिङ र ट्रेडिङ गर्ने प्रक्रिया अघि बढाएको छ । नेपालमा दर्ता भई कारोबार सञ्चालन गर्दै आएका कम्पनीहरुको शेयर कारोबार विदेशी स्टक एक्सचेञ्ज कम्पनीहरुमा गर्न सक्ने र नेपालको स्टक एक्सचेञ्जले पनि विदेशी कम्पनीहरुको शेयर सूचिकृत गरी कारोबार गर्न सक्ने व्यवस्था गर्न उक्त प्रक्रिया अघि बढाइएको हो । यसका लागि धितोपत्र बोर्डले सुरु गरेको प्रक्रिया निकै अघि बढिसकेको बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले जानकारी दिए ।

शेयरको क्रस बोर्डर कारोबारका लागि नेपालका संस्थाहरुको लेखापरीक्षण अन्तराष्ट्रिय प्रणालीअनुरुपको हुनुपर्ने बताउँदै बोर्डका अध्यक्ष कार्कीले नेपालको लेखा प्रणाली र रिपोटिङ प्रणालीसँग अन्य देशको प्रणाली मेल खाएको अवस्थामा मात्र विदेशी स्टक एक्सचेञ्जमा नेपाली कम्पनीहरु दर्ता हुनसक्ने बताएका हुन् । त्यसरी विदेशी स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुन चाहने कम्पनीहरुलाई लेखापरीक्षण अन्तराष्ट्रिय स्तरको बनाउन सकेत उनले सुझाव दिएका छन् ।

Advertisement

नेपाली कम्पनीहरुको शेयरको सूचीकरण विदेशमा हुनुपर्ने माग विभिन्न उद्योगी एवं उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले गर्दै आएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले विभिन्न फोरम तथा मञ्चहरुमा यस्तो व्यवस्था गर्नुपर्ने माग धेरै अघिदेखि गर्दै आएका छन् । यसै सन्दर्भमा कार्कीले नियामकको रुपमा त्यस्तो व्यवस्थाका लागि अघि बढेको जानकारी दिएका हुन् ।

यद्यपि विद्यमान् कानूनअनुसार नेपाली लगानीकर्ताले विदेशमा लगानी गर्न नपाउने अवस्थामा यसरी विदेशी स्टक एक्सचेञ्जमा हुने सूचीकरणले नेपाली पुँजी विदेशमा लगानी गर्नुअघि त्यो कानूनी व्यवस्था संशोधन गर्नु आवश्यक हुन्छ । यसले नेपाली पुँजी विदेशमा पलायन हुने अवस्था भने सिर्जना गर्नसक्छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top