विराटनगरको न्यू इयर्स इभमा प्रियंका कार्की आउने

विराटनगरको न्यू इयर्स इभमा प्रियंका कार्की आउने

विराटनगर, चैत २२
नयाँ वर्ष २०७६ सालकोे अवसर पारेर विराटनगरमा ‘फेस्टा न्यू इयर्स इभ २०७६’ हुने भएको छ । विराटनगर स्थित सेन्ट्रल मल र स्पाइस लन्जको आयोजनामा आगामी चैत ३० गते सेन्ट्रल मलमा सो कार्यक्रम आयोजना हुने भएको हो ।

नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्की, डिजे सुर र प्रख्यात भारतीय डिजे जज्लीनको प्रस्तुती रहने फेस्टाको टिकट दर १ हजार रुपैयाँ तोकिएको कार्यक्रम व्यवस्थापक ओम घिमिरेले जानकारी दिए । पछिल्लो समय विभिन्न अवसर पारेर विराटनगरमा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गर्ने क्रम बढ्दै गएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.