बादल देख्नासाथ तर्सिन्छन् बाराका हुरी पीडित

बारा : बारामा ज्यानमारा हावाहुरी आएको घटनापछि कतिपय बस्तीका मानिसहरू बादल लागेको देख्नासाथ तर्सिन थालेका छन्। चैत हावाहुरीकै महिना भएको र तीन दिनदेखि मौसम बिग्रिएर पानी पर्न र बादल लागेको देख्नासाथ थप बिजोग हुने भयले स्थानीय त्रसित बनेका हुन्।

हावाहुरी प्रभावित बस्तीमा आवश्यक त्रिपाल पु¥याउन सकेको छैन। कम्तीमा एक हजार आठ ९५ त्रिपाल आवश्यक भएकोमा गृहले करिब ६ सय मात्र पठाएकाले त्रिपाल नपाउने परिवारको बिचल्ली भएको छ। ‘पानी पर्दा ओत लाग्ने ठाउँ छैन,’ कलैया उपमहानगरपालिका–१३ का कृष्ण साह भन्छन्, ‘राहतमा पाएका खानेकुरा र अरू सामान राख्ने ठाउँसमेत छैन।’ पशु चौपायासहित आफूहरूले गोठमा सुत्नुपरेको तथा राहतस्वरूप प्राप्त खानेकुरा गोठमा राख्दा एक दिनमै खान अयोग्य हुने साहको भनाइ छ।

अहिले वर्षासँगै असिनाको पनि डर भएकाले पशुसँगै पशुजस्तै कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको महागढीमाई नगरपालिका तेलगाईका जगदीशप्रसाद यादव बताउँछन्। यादवले त्रिपाल नपुगेको र दिनहुँजसो पानी परिरहेकाले अलिकति भएको अन्न पनि कुहिएर समस्या भएको बताए। ओत लाग्ने ठाउँको अभाव हुँदा कारण घरका सदस्यहरू बिरामी पर्न थालेको उनले बताए।, नागरिक दैनिकले समाचार लेखेको छ ।

Scroll to Top