×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्रष्टाहरु सम्मानित तथा गङ्गाधर कट्टेलको ‘आमा’ खण्डकाव्य लोकार्पण

२६ चैत्र २०७५

विराटनगर, चैत २६
साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई र महेश गुरूकुल आश्रम देवघाटका प्राचार्य प्रा. डा. गुरूप्रसाद सुवेदीलाई ‘वाङ्मय पुरस्कार’बाट सम्मानित गरिएको छ । पण्डित काशीनाथ उपाध्याय–हरिप्रिया कट्टेल वाङ्मय प्रतिष्ठानको नवौँ वार्षिक उत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई २११११।– रुपैयाँ राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै साङ्गवेद माध्यामिक विद्यालय चारपाने झापालाई रु.१५१११।– रुपैयाँ राशिको ‘पं.कमलापति उपाध्याय–डम्बरकुमारी कट्टेल वाङ्मय पुरस्कार’ बाट र कवयित्री मेनुका चापागाईंलाई  १११११।– रुपैयाँ राशिको ‘हरिप्रिया कट्टेल प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै पिण्डेश्वर विद्यापीठका छात्रद्वयलाई २५००।– रुपैयाँ राशिको ‘प्रतिभा पुरस्कार’ले पुरस्कृत गरिएको छ ।

Advertisement
Advertisement

पुरस्कृत व्यक्तित्वलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङले पुरस्कार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।  दुई चरणमा भएको कार्यक्रमको दोस्रो चरणमा सह प्राध्यापक गङ्गाधर कट्टेलद्वारा लिखित ‘आमा’ खण्डकाव्यको प्रमुख अतिथी तथा अतिथी वर्गबाट लोकार्पण गरिएको थियो ।

कृतिको परिचर्चा गर्दै प्रा. डा. गोपाल भण्डारीले कट्टेलले आफ्नी दिवङ्गत आमाको सम्झनामा रचित उक्त कृतिमा करुण र शान्त रसको प्रयोग गर्दै आफ्ना भावानुभूति सफल रुपमा उतार्न सकेको बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख तुम्बाहाङले स्रष्टाहरुलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिन शुभकामना दिए ।

प्राज्ञ दधिराज सुवेदीले सम्मानित व्यक्तित्वहरु आ–आफ्नो विधा र क्षेत्रका सगरमाथा जस्तै उच्च र सबैका गुरु रहेको कुरा ब्यक्त गरे । कार्यक्रममा विभिन्न ब्यक्तिहरुले आफ्नो भनाई राखेका थिए ।

Advertisement

प्रतिष्ठानका अध्यक्ष प्रा. नारायणप्रसाद शर्मा कट्टेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा विराटनगर, धरान, इटहरी, झापा लगायतका क्षेत्रहरुका विशिष्ट विद्वान्, प्राज्ञिक वर्ग, साहित्यकारहरुको ठूलो उपस्थिति रहेको थियो ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top