७५ सामुदायिक क्याम्पसलाई समेटेर प्रदेश विश्वविद्यालय स्थापना गर्न सुझाव

विराटनगर,चैत २८
प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले एक नम्बर प्रदेशमा रहेका ७५ वटा सामुदायिक क्याम्पसलाई समेटेर प्रदेश विश्वविद्यालय स्थापना गर्न सुझाव दिएको छ । सामाजिक विकास मन्त्रालयले गत मंसीरमा गठन गरेको कार्यदलले विहिबार ११ बुंदे सुझाव सहित आफ्नो प्रतिवेदन बुझाएको छ ।

प्रदेशमा सञ्चालित विभिन्न विश्वविद्यालयका सम्बन्धन प्राप्त, विश्वविद्यालय अनुदान आयोगबाट मापदण्ड पुरा गरेको प्रमाणपत्र प्राप्त गरेका र प्रदेश विश्वविद्यालय निर्माण गर्ने ऐनले निर्धारण गरेका ईच्छुक सामुदायिक क्याम्पसहरुलाइ आङ्गिक क्याम्पस बनाइ नयाँ प्रदेश विश्वविद्यालय स्थानपना गर्न सकिने कार्यदलको सुझाव छ ।

त्यस्तै स्थानीय सरकारबाट जग्गा प्राप्त गरी प्रदेश सरकारको मुख्य लगानीमा समुदाय र दातृ निकायको साझेदारीमा प्रदेश विश्वविदालय स्थापना गर्न सकिने र पूर्वाञ्चल विश्वविद्यालयलाइ आवश्यक कानुनी प्रबनध मिलाइ प्रदेश विश्वविद्यालयमा रुपान्तरण गरी संचालन गर्न किने सुझाव कार्यदलले दिएको छ ।

तोकिएको मापदण्ड पुरा गर्ने सामुदायिक र निजी क्याम्पसहरुलाइ मानिक विश्वविद्यालयमा रुपान्तरण हुन उत्प्रेरित गर्न समेत कार्यदलले सुझाव दिएको छ । नयाँ बन्ने विश्वविद्यालयमा रेल वे, टनेल ईञ्जीनियरीङ, हाइड्रो ईञ्जीनियरीङ, आइटी ईञ्जीनियरीङ, आउण्टेनेरिङ, फ्लोरिकल्चर, हर्टिकल्चर साइन्स, हस्पीटालिटि एण्ड सोसियल साइन्स लगायतका नयाँ विषयहरु समेत समेटिनुपर्ने कार्यदलको सुझाव छ ।

कार्यदलको प्रतिवेदन बुझ्दै प्रदेश एकका सामाजिक विकासमन्त्री जिवन घिमिरेले यो प्रतिवेदनमा मन्त्रीपरिषद्मा छलफल गर्ने बताए । प्राध्यापक डाक्टर महेशराज दाहालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top