स्वच्छ ऊर्जाको प्रवद्र्धनमा लघुवित्तको अवसर

४ माघ ७४, शुक्रबार

काठमाडौँ,माघ ५
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले ऊर्जा र आर्थिक समृद्धि एकापसमा सम्बन्धित रहेकाले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (युएनसिडिएफ) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा आज भएको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालाको उद्घाटन गर्दै उपाध्यक्ष वाग्लेले सो विचार व्यक्त गरेका हुन् ।

उनले विगत ३० वर्षमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पूर्वाधारजस्ता क्षेत्रमा धेरै प्रगति गरेको भए पनि राजनीतिक अस्थिरता र द्वन्द्वले विकास प्रक्रियामा केही अवरोध आए पनि अब मुलुक संरचनात्मक रुपान्तरणमा प्रवेश गरेका अपेक्षित लक्ष्यहरु हासिल गर्न सकिने समेत बताए ।

गरिबी न्यूनीकरण, विकेन्द्रीकरण, सुशासन र वित्तीय समावेशीकरण गरी मुलुकको आर्थिक समृद्धिका लागि सरकारले दिगो विकास लक्ष्यसहित विभिन्न कार्यक्रममा जोड दिएको उपाध्यक्ष वाग्लेको भनाइ थियो ।

कार्यशालामा नेपालका लागि नर्वेका राजदूत लास्से जोहान्सेनले नर्वेले नेपालमा नवीकरणीय ऊर्जाका माध्यमबाट ऊर्जाको पहुँच विस्तार गर्न सहयोग गर्दै आएको उल्लेख गरे ।

जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले नवीकरणीय ऊर्जाको शुरुको लागत केही महँगो पर्ने भएकाले गरिब जनताको पहुँचसम्म ऊर्जालाई पुर्याउन लघु कर्जालाई प्राथमिकता दिनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले २० वर्षअघि देशमा शून्य दशमलव एक प्रतिशतमात्र नवीकरणीय ऊर्जा रहेकामा हाल तीन प्रतिशत उत्पादन भई १७ प्रतिशत जनता लाभान्वित भएको जानकारी दिए ।

युएनसिडिएफको क्लिनमार्ट कार्यक्रमका प्रबन्धक भिन्सेन्ट विर्डाले कार्यक्रमबाट ऊर्जाको पहुँच विस्तार गरी सन् २०२० सम्म कृषिको उत्पादकत्व र दक्षतामा सुधार, थप लगानीको वृद्धि र डिजिटल भुक्तानी प्रणालीको विकास गर्न लागिएको बताए ।

केन्द्र र युएनसिडिएफले सन् २०१४ मा शुरु गरेको सो परियोजनाबाट सेप्टेम्बर २०१७ सम्म एक लाख २५ हजार घरमा नवीकरणीय ऊर्जा प्रविधिको पहुँच पुगेको सो अवसरमा जानकारी दिइयो । यस अवधिमा दुई करोड २० लाख अमेरिकी डलर लगानी भएकामा एक करोड ७० लाख डलर स्वच्छ ऊर्जा प्रविधिमा ऋण प्रवाह भएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top