पोखरा, माघ ५
पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ ।
नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत गरी घरवास पर्यटनको अवधारणालाई अघि सारिएको हो ।
पर्यटकलाई सुविधा सम्पन्न रिसोर्ट तथा होटल नभएर गाउँकै भान्सामा खाना तथा आवासजन्य सुविधा प्रदान गर्ने सोचका साथ घरवास पर्यटनको अवधारणा शुरु भएको हो ।
अन्तर्राष्ट्रियरुपमा नेपाल पदयात्रा पर्यटनको विशिष्ट गन्तव्य रहेको अवस्थालाई दृष्टिगत गरी ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ ले घरवास र पदयात्रा पर्यटनलाई सँगसँगै जोड्ने अभियानको थालनी गरेको मञ्चका अध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।
रासस