एनएमबी बैंकले ल्यायो सबैको सहारा बचत खाता

एनएमबी बैंकले ल्यायो सबैको सहारा बचत खाता

विराटनगर, बैशाख ५
एनएमबी बैकले सबैका लागि बचत,सधैका लागि सहारा भन्ने नारासहित सबैको सहारा बचत खाता संचालनमा ल्याएको छ । एनएमबी बैकले एक घर ,एक खाता अभियानलाई अझ परिस्कृत गर्दे सबैका लागि बचत,सधैका लागि साहरा भन्ने नारा सहित एनएमबी सबैको सहारा बचत खाता संचालनमा ल्याएको बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

बैकमा खोलिने प्रत्येक ब्यक्तिकोे सहारा बचत खातामा बैंकको तर्फबाट १ सय जम्मा गरिदिने पनि एनएमबी बैक प्रदेश नम्बर १ का प्रमुख उत्सब घिमिरेले जानकारी दिए । यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिनेछ जस अन्तर्गत खातावालाको दुर्घटना, मृत्यु वा दुर्घटनाका कारण अंगभंग भएमा, क्यान्सर, किडनी, लिभरको रोग, मस्तिष्क घात, प्यारालाइसिस जस्ता १८ प्रकारका गम्भीर रोगहरु मध्ये कुनै १ रोग लागेको खण्डमा खातावाला वा निजको नजिकको हकवालालाई १० लाख सम्मको बीमा रकम उपलब्ध गराउने पनि जानकारी दिइएको थियो ।

बैकले बचत खातामा ६ दशमलब ५ प्रतिशत ब्याज उपलब्ध गराउदै आएको, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैकिङ, निःशुल्क इन्टरनेट बैकिङ तथा एटिएम कार्डको माध्यमबाट नेपालभरीका एटिएमबाट निःशुल्क रकम झिक्न सकिने सुविधा रहेको पनि जानकारी दिइएको थियो । हाल बैंकले १ सय १० शाखा ,४ एक्स्टेन्सन काउन्टर र ९९ एटिएम तथा अन्य बैकल्पिक बैकिङ सेवाहरु प्रदान गर्दे आएको एनएमबी बैक विराटनगरका म्यानेजर अजय शिवाकोटीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.