Nepal Times
Nepal Times
3
Shares

मिस नेवाः लाई स्कुटीसहित ५ लाखको बीमा

मिस नेवाः लाई स्कुटीसहित ५ लाखको बीमा

विराटनगर, वैशाख ४
नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा पुनः मिस नेवाः कोशी हुने भएको छ । विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारी सुरु भएको छ ।

आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार तेस्रो संस्करणको तयारी थालिएको छ । यस वर्षको विजेताले स्कुटी प्राप्त गर्नेछन् । यसबाहेक विजेतालाई अन्य आकर्षक उपहारसमेत प्रदान गरिने प्रबन्ध निर्देशक ताम्राकारले जनाए ।

५ लाख रुपैयाँ बराबरको बिमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी हुन चाहने किशोरीहरूका लागि फारम खुल्ला गरिसकिएको छ । यही शनिबार विराटनगरबाट अडिसन सुरु हुनेछ ।

विराटनगरबाहेक धरानमा १४ र दमकमा २१ गते अडिसन हुने ताम्राकारले बताए । विभिन्न चरणमा छनौटमा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.