विराटनगर–६ वडा कार्यलयमा सुकुम्बासीद्धारा तालाबन्दी

६ बैशाख ७६, शुक्रबार
Share this
778shares

विराटनगर, बैशाख ६
विराटनगर महानगरपालीका वडा नं. ६ को वडा कार्यालयमा स्थानीय सुकुम्बासीहरुले तालाबन्दी गरेका छन् । विराटनगर महानगरपालिकाले आफुहरुको घर टहरा भत्काएको आक्रोशमा उनीहरुले तालाबन्दी गरेका हुन् ।

Advertisement

आफूहरुलाई कुनै जानकारी नै नदिईकन भर्खरै बनाईएका घर टहरालाई जवरजस्ती बल प्रयोग गरी भत्काएको बिरोधमा ताला बन्दी गर्नुपरेको स्थानिय दिनेश कुमार कामतले बताए ।

वडा कार्यलयमा तालाबन्दी गरिएपछी त्यहाँ पुगेका सयौ सेवाग्राहीहरु मर्कामा परेका छन् । विहीबार एस्काभेटर सहित महानगरपालिकाका नगर रक्षकको टोलीले धुधुवा पैनी अतिक्रमण गरेर बनाइएका टहराहरु भत्काएको थियो ।

Advertisement

नापजाँचगर्दा टहरा निर्माण गर्न लागिएको जग्गा सार्वजनिक भएको पुष्टि भएपछि भत्काउने आदेश दिइएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

उनले जग्गाको नापजाँचबाट सो जग्गा सार्वजनिक भएको पुष्टि भएपछि टहरा निर्माण गर्न लागेका ब्यक्तिहरुलाई टहरा हटाउन २४ घन्टे सुचना दिइएको तर सुचनाको वेवास्ता गरेर अटेर गरेका कारण भत्काउन लगाइएको अधिकारीले दावी गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top