आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफ पुरुष क्रिकेट फाइनलमा

१० बैशाख २०७६, मंगलबार
Share this
745shares

नेपालगञ्ज, बैशाख १०
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लव फाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा प्रदेश–१ लाई सशस्त्र प्रहरीको एपीएफ क्लवले आठ विकेटले हराउँदै गर्दै फाईनमा प्रवेश गर्न सफल भएको हो ।

Advertisement

प्रदेश– १ ले टस जितेर पहिले व्याटिङ गरेता पनी १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ४९ रन बनाएको थियो । प्रदेश–१ का मिनास थापा र सन्नी पुनको सर्वा्धिक १४ र१४ रन जोडियो ।

सस्तैमा प्रदेश–१ लाई समेट्ने क्रममा एपीएफका शरद भेषवाकरले ४ र वसन्त रेग्मीले ३ विकेट लगाएका थिए । जवाफी व्याटिङमा ५० रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेका एपीएफले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेका थिए । एपीएफका शंकर रानाको २३ र प्रदीप ऐरीले १७ रन जोडिएको थियो ।

Advertisement

दिपेश कँडेल र पुष्प थापाले प्रदेश–१ का लागि एकरएक विकेट लिएका थिए भने एपीएफको तर्फबाट शरद भेषवाकर म्यान अफ दि म्याच घोषित भएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top