प्रधानमन्त्रीले गरे काभ्रेको नमुना स्कुलको उद्घाटन

११ बैशाख ७६, बुधबार
Share this
722shares

काठमाडौं, वैशाख ११
प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि निर्माण गरिएको काभ्रेको धुलिखेलस्थित सञ्जीवनी नमूना माध्यमिक विद्यालय भवनको उद्घाटन गरे । प्रधानमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणको काम तिव्र गतिमा अघि बढेको बताए । अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला गठन भएको प्राधिकरणले आफ्नो बहिरगमनसँगै काम गर्न नसकेको प्रधानमन्त्री ओलीले बताए ।

Advertisement

‘हामी सरकारबाट हटेपछि प्राधिकरणका प्रमुखलाई पनि हटाइयो । त्यसपछि पुनर्निर्माणभन्दा राजनीति गर्ने प्रमुखहरु ल्याइए’ प्रधानमन्त्री ओलीले भने, ‘जसले गर्दा पुनर्निमाणको गति एकदमै सुस्त भयो ।’ प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनसँगै प्राधिकरणले काममा गति बढाएको बताए ।

‘अब हाम्रा हरेक कामहरु यस्तै गतिशिल र तिव्र रुपमा हुनुपर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा संरचनाहरु सुरक्षित र भूकम्पप्रतिरोधी पनि हुनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले शिक्षाले व्यक्तिलाई स्वरोजगारको अवसर दिनु पर्ने बताउँदै भने, ‘एमएम पढेको मान्छेले ध्वनीलाई लिपी र लिपीलाई ध्वनीमा परिणत मात्र गर्न सक्छ भने त्यसको के काम?,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण साक्षर बनाउने मात्र होइन जीवन निर्वाह गर्न सिकउने शिक्षाको आवश्यकता छ ।’

Advertisement

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयहरुले शैक्षिक गुणस्तर उठाउन सरकारले सहयोग गर्ने बताए । ‘सामुदायिक विद्यालयमा गुणस्तर कायम हुन नसक्दा निजीमा महंगो पैसा तिरेर छोराछोरी पढाउनु परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सामुदायिक विद्यालयका शिक्षकले पनि निजीसँग प्रतिष्पर्धा गर्न सक्ने गरीका विद्यार्थी उत्पादन गर्नुहोस । यसमा सरकारको साथ रहन्छ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top