×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

प्रदेश सरकारद्वारा लुम्बिनी भ्रमण बर्ष २०७६ घोषणा

११ बैशाख २०७६

बुटवल, वैशाख ११
गौतम बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउने लक्ष लिएर प्रदेश नम्बर ५ सरकारले औपचारिक रुपमा लुम्बिनी भ्रमण बर्ष २०७६ घोषणा गरेको छ ।

लुम्बिनीलाई मुल भागमा राखी गौतम बुद्धसँग सम्बन्धित अन्य स्थानहरुको समेत प्रसारप्रसार र प्रर्वद्धन गर्ने गरी भ्रमण बर्षको सुरुवात गरिएको हो ।

Advertisement
Advertisement

लुम्बिनी भ्रमण बर्ष प्रसारप्रसार मुल समितिको आयोजनामा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले विश्वकै गौरवको रुपमा रहेको लुम्बिनीलाई थप प्रसारप्रसार गरी बढी पर्यटक भित्र्याउन लुम्बिनी भ्रमण बर्ष फलदायी हुने बताए ।

पवित्र चार बौद्ध गन्तब्यमध्ये सवैभन्दा महत्वपूर्ण गन्तब्य हुनुका कारण विश्वभरिका डेढ अर्व वौद्धमार्गीहरूका लागि लुम्बिनी आकर्षक तीर्थस्थल भएको भन्दै मन्त्री गिरीले ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक हिसावले पनि यो स्थान पर्यटकहरूका लागि उत्तिकै महत्वपूर्ण रहेको समेत बताए ।

जीवनमा एक पटक बुद्धको पावन जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका दुनियाँभरिका डेढ अर्व बुद्धमार्गीहरूलाई लुम्बिनी र नेपालको भ्रमणमा आकर्षित गर्न सकिन्छ भन्ने निष्कर्षका साथ प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउन लागि परेको उनको भनाई थियो ।
लुम्बिनी भ्रमण वर्षको सफल कार्यान्वयनबाट यस प्रदेशको मात्र नभई देशकै पर्यटन उद्योगमा बिल्कुलै नयाँ अवसर र अवस्था सिर्जना हुने विश्वास प्रदेश सरकारको रहेको छ ।

त्यसबाहेक बुद्धको मावली देवदह, कोलीय सभ्यताको केन्द्र रामग्राम, सैनामैनालगायतका बुद्ध परिपथसँग सम्बन्धित दर्जनौं ऐतिहासिक पुरातात्विक स्थलहरू पर्यटकीय दृष्टिले आकर्षणका केन्द्रको रुपमा प्रदेश सरकराले पहिचानसमेत गरेको छ ।

Advertisement

लुम्विनीलाई ग्रेटर लुम्विनीको रुपमा विकास गर्दा कपिलवस्तु र नवलपरासी समेतलाई वौद्धमार्गीहरूको आकर्षक गन्तब्य स्थल बनाउन सकिन्छ भन्ने प्रदेश सरकारको धारणा रहेको मन्त्री गिरीको भनाई छ । लुम्बिनी भ्रमण बर्ष २०७६ का लागि ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं ः शान्तिको सन्देश फैलाऔं’ भन्ने मुल नारासमेत तय गरिएको छ ।

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top