जेट एयरवेजका उच्च पदका कर्मचारीद्वारा आत्महत्या

१५ बैशाख २०७६, आइतबार
Share this
797shares

एजेन्सी, वैशाख १५
आर्थिक संकटले केही समयकाको लागि बन्द गरिएको भारतीय एयरलाइन्स जेट एयरवेजका उच्च पदका एक कर्मचारीले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ५३ वर्षका शैलेष कुमार सिंह रहेका छन् ।

Advertisement

उनले आर्थिक संकटका कारण २०१९ को मार्च देखि तलब सम्म पाउन सकेका थिएनन् । सिंह करिब तीन वर्ष देखी पेटको क्यान्सरले ग्रसित थिए । पेटको क्यान्सरले ग्रसित सिंहको बिगत चार महिनादेखी स्वास्थ्य मा झन् समस्या देखिन थालेपछी उनलाई अस्पतालमा भर्ना गराईएको थियो । गत शुक्रबारमात्र अस्पताल देखी डिस्चार्ज गरी घर ल्याईएको र सोही दिन उनले घरको चौथो तल्लाबाट हामफाली आत्महत्या गरेको भारतीय पुलिसले जानकारी गराएका छन् ।

आर्थिक संकटका कारण जेट एयरवेजका थुप्रै कर्मचारीले तलब पाएका छैनन् । सिंहका जेठा छोरा पनि जेट एयरवेजका नै कर्मचारी हुन् उनले पनी बिगत केही महिना देखी तलब पाउन सकेका छैनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top