विराटनागर, वैशाख १७
विराटनगरको एक प्रतिष्ठित ईन्जिनियरिङ्ग परामर्शदाता कम्पनीमा विभिन्न पदका लागि आवेदन खुल्ला गरिएको छ । लामो समयदेखि सबै प्रकारका सिभिल ईन्जिनियरिङ्ग संरचनाको विस्तृत परियोजना प्रतिवेदन र गुरुयोजना तयारी तथा व्यवस्थापन, योजना निर्माण तथा नक्सांकन लगायतका काम गर्दै आएको ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि.मा विज्ञापन खुलेको हो ।
कम्पनीले विभिन्न प्राविधिक पद तर्फ ६ जनालाई पद पूर्ति गर्ने गरी विज्ञापन माग गरेको हो । ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि.ले स्ट्रक्चरल ईन्जिनियरका लागि १ जना, सिभिल ईन्जिनियर २, आर्किटेक्ट १ र सिभिल सब–ईन्जिनियरमा २ जना माग गरेको छ ।
स्ट्रक्चरल ईन्जिनियरका लागि कम्तीमा सोही विषयमा स्नातक उतीर्ण गरी स्ट्रक्चरल डिजाइन अन्तर्गत ईन्जिनियरिङ्ग प्रोजेक्टमा कम्तिमा २ वर्षको अनुभव, सिभिल ईन्जिनियरिङ्गका लागि सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी कम्तीमा २ वर्षको अनुभव, आर्किटेक्टका लागि सोही विषयमा स्नातक उतीर्ण र कम्तीमा २ वर्षको अनुभव र सिभिल ईन्जिनियरका लागि प्रमाणपत्र तह उतीर्ण गरी एक वर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्नेछन् ।
योग्यता पुगेका इच्छुक नागरिकले निवेदन सहित आफनो सम्पूर्ण विवरण एक हप्ता भित्र [email protected] मा पठाउन सक्ने कम्पनीले जनाएको छ । २०७० सालमा स्थापना भएको ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि. सिभिल ईन्जिनियरिङ्ग सँग सम्बन्धित विस्तृत परियोजना प्रतिवेदन र गुरुयोजनाका लागि देशकै अग्रणी र परिचित कम्पनी हो ।