गजल : योनी कानुनले लिंग बलात्कारी भएको हो

१७ बैशाख ७६, बुधबार

अदालत आफैंमा यसरी जुहारी भएको हो
योनी कानुनले लिंग बलात्कारी भएको हो

Advertisement

माक्स,लेनिन, माओको अष्पष्ट सिद्धान्तले
बुद्वको चेलो पनि हतियारधारी भएको हो

उ बौद्धिक छ औपचारिक शिक्षा नगरे पनि
र त शीर उसकै पैतालालाई भारी भएको हो

Advertisement

संघीयता देशमा पहिल्यै आएको हुनुपर्छ
त्यसैले टिष्टा,काँगडा नेपाल पारी भएको हो

कृषि प्रधान मुलुकको संक्षिप्तमा बयान गर्दा
खोरिया,जङ्गल र खेत चाहिँ बारी भएको हो

Advertisement

साहुको ऋण लिएर उ अख्तियारमा प्रवेश छ
सोच्नुस् अब कहाँबाट भ्रष्टाचारी भएको हो ?

                                                                       –  हेमन्त खड्का

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top