वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन प्रतिवेदन समितिमा

काठमाडौं : वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिद्वारा गत मंसिरमा गठित उपसमितिद्वारा मंसिरमा गठित उपसमितिले बुधबार प्रतिवेदन बुझाएको छ ।

उपसमिति संयोजक दीपप्रकाश भट्टबाट प्रतिबेदन बुझ्दै सभापति पवित्रा निरौलाले यसमाथि जेठमा छलफल गरिने बताइन् ।‘समितिमा प्रतिवेदन प्राप्त भयो, छलफलपछि सार्वजनिक गर्नेछौँ,’ उनले भनिन् ।

२३ अर्ब २० करोड रुपैयाँमा नेपाल वायुसेवा निगमले किनेको दुईवटा एयरबस कम्पनीका वाइडबडी खरिद प्रक्रियामा त्रुटि रहेको भन्दै मंसिर ७ गतेको बैठकले कांग्रेस नेता प्रकाशमान सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.