विराटनगर,बैशाख २६
नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको कम्युनिष्ट सरकारले देश र जनताको समृद्धि नचाहेको आरोप लगाएका छन् । सरकार आफना र सिमित कार्यकर्ताको पृष्टपोषणमा मात्रै लागेको उनले बताए ।
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा मोरङमा आयोजित कार्यक्रममा सिटौलाले अहिलेको सरकारले संविधानको जगमा सत्ता र शक्तिको दुरुपयोग गरेको समेत आरोप लगाए । सिटौलाले संविधान निर्माणताकाका सबै पार्टीले आफ्नो पहिचान र सिद्धान्त गुमाइसकेको बताए ।
यस्तै उनले पार्टी भित्र वृहत एकताको आवश्यकता औल्याउदै जागरण अभियानले पार्टीलाई उर्जावान र चलायमान बनाउने बतए । उनले जागरण अभियानले कम्युनिष्टहरुको ज्यादती र गलत कार्यको प्रतिकार गर्न कार्यकर्तालाई धारिलो बनाउने विश्वास व्यक्त गरे ।
कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । सबै जिल्लामा कांग्रेसले केन्द्रीय नेताहरु प्रतिनिधिका रुपमा खटाएको छ । अभियान एक महिनासम्म जारी रहने कांग्रेसले जनाएको छ ।