नागरिकलाई गुणस्तरिय जीवनयापनको अवसर सुनिश्चित गरिन्छः अर्थमन्त्री खतिवडा

२६ बैशाख ७६, शुक्रबार

काठमाडौं, बैशाख २७
अर्थमन्त्री युवराज खतिवडाले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य राखेको सरकारको एक वर्षको कार्यकालमा आर्थिक तथा सामाजिक पूर्वाधार निर्माणमा उत्साहजनक उपलब्धि हासिल भएको बताएका छन् ।

संसदमा आजदेखि सुरु भएको आर्थिक वर्ष २०७६र७७ को प्रिबजेटमाथि छलफलका क्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । बैठकमा अघिल्लो वर्ष भन्दा यस वर्ष आर्थिक वृद्धिदर बढेको जानकारी गराउँदै उनले मूल्यवृद्धि नियन्त्रणमा रहेको पनि दाबी गरे । उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा ६.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ७ प्रतिशत कायम हुँदै आगामी आर्थिक वर्षहरुमा अझ उच्च हुने बलियो आर्थिक आधारशिला निर्माण भएको छ ।’

उनले यस वर्ष आन्तरिक बचत उल्लेखनीय रुपमा वृद्धि भइ राष्ट्रिय पूँजी निर्माणको दरिलो आधार तयार भएको पनि बताए । लगानीको वातावरणमा उल्लेखनीय सुधार आएसँगै स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको उनको भनाइ छ ।

‘वित्तिय सेवा र पहुँच विस्तार भएको छ । वित्तिय साधन उत्पादनमुखी हुँदै गएको छ । आद्योगिक तथा विकास निर्माण सम्बन्धी पूँजीगत सामानको माग बढेसँगै वस्तु आयात वृद्धि भएपनि निर्यात क्षेत्र सुधारोन्मुख छ । भुक्तानी सन्तुलनमा केही चाप परेपनि मुद्रा संचिती सुविधाजनक स्थितिमा रहेको छ । राजस्वको दायरा फराकिलो बनाइएको छ’, उनले भने ।

यस्तै उनले राजस्व चुहावट नियन्त्रणमा विशेष जोड दिइने, नागरिकका मौलिक हक र अधिकार सम्बन्धी बनेका कानुनहरुको कार्यान्वयन गरिने, नागरिकलाई सुरक्षित, सम्मानित र गुणस्तरिय जीवनयापनको अवसर सुनिश्चित गरिनेतर्फ बजेट लक्षित हुने, सबै क्षेत्रका नेपालीलाई आफ्नो ज्ञान, सीप र क्षमताको विकास तथा उपयोग गर्ने अवसर सिर्जना गरिने बताए ।

राष्ट्र निर्माण र विकासको यात्रामा सम्पूर्ण नेपालीलाई समाहित गरी न्यायपूर्ण सामाजिक, आर्थिक विकास गर्ने रुपान्तरणका लागि कार्यनीति र कार्यक्रमहरु तयार गरिने उनको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top