×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

चार हजार आठ लडाकूले क्षतिपूर्ति पाएनन्

२७ बैशाख २०७६

काठमाडौं, वैशाख २७
सशस्त्र द्वन्द्वकालमा लडेका चार हजार आठ अयोग्य लडाकूले सरकारको तर्फबाट कुनै राहत तथा क्षतिपूर्ति नपाएको बताएका छन् । उनीहरूले आफू शिविरबाट बाहिरिँदा बाटो खर्चबाहेक अन्य कुनै राहत नपाएको जिकिर गरेका छन् ।

द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षबाट परिवर्तनका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी युद्धमा होमिएका उनीहरूलाई अनमिन र सरकारले सेना समायोजन गर्दा समायोजनको सिफारिस सूचीमा समेत नराखी निकालेको आरोप उनीहरुले लगाएका छन् ।

बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय महासचिव राजन थापाले सरकारले पुनस्र्थापनाका लागि आफूहरूलाई राहत दिने भनेर आश्वासन दिए पनि अहिलेसम्म केही नदिएको बताउँदै अदालतको ढोका ढक्ढकाउनु परेको बताए । आफूहरूले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पार्टी कार्यालयसमेत घेरेर दबाब दिँदा पनि राज्य मूकदर्शक भएको उनको आरोप छ ।

‘मुलुकको आर्थिक, सांस्कृतिक, सामाजिक विभेदको अन्त्यका लागि एउटै उद्देश्य लिएर १० वर्षसम्म एउटै युद्धको मोर्चामा हिंड्ने हामी लडाकूलाई राज्यले अयोग्यको बिल्ला लगाइदिएर विभेद गर्यो ।’ थापाले भने ।

सेना समायोजनमा अयोग्य लडाकूलाई सरकारले ५ देखि १० लाखको राहत दिने र समाजमा पुनस्र्थापना गर्ने भनेर शिविरबाट बिदा गरे पनि १० वर्षसम्म सरकारले आफूहरूका माग सम्बोधन गर्न नसकेको उनको दाबी छ ।

तत्कालीन शान्तिमन्त्री टोपबहादुर रायमाझीसँग ०६९ साल मंसिर १९ र २३ गतेको वार्ता पश्चात् मंसिर २६ गते १० बुँदे सहमति भई उक्त सहमति कार्यान्वयन गर्न कार्यदल गठनसमेत गरिएको भए पनि कार्यदलले पनि आफूहरूलाई अल्झाउने काम मात्र गरेको थापाको ठहर छ ।

‘हाम्रो आन्दोलनलाई निस्तेज पार्नका लागि सरकारले वार्ता र सहमतिको नाममा कार्यदल बनाएर अल्झाउँदै आएको थियो र, अहिले पनि त्यही क्रम जारी छ ।’ थापाले मकालु खबरसँग भने ।

०७३ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले बहिर्ग्मित जनमुक्ति सेनाका पूर्वलडाकूलाई आर्थिक प्याकेज दिई समाजमा सेटलमेन्ट गर्दै शान्ति प्रक्रियाको बाटोलाई पूरा गर्ने कोसिस गरेको थियो । त्यसका लागि सरकारले आर्थिक वर्ष ०७३र७४ को बजेटमार्फत ८४ करोड छुट्टाए पनि मुलुकलाई पुनः द्वन्द्व निम्त्याउन चाहने शक्तिहरूले सरकारको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्दा आफूहरूलाई अन्याय परेको थापाको ठहर छ ।

‘समाजमा शान्ति नचाहने शान्तिविरोधी र द्वन्द्व पीडितहरूको नामबाट डलरको खेती गर्न पल्केका डलरबादीहरूले अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिने सरकारको कदममा भाँजो हाले ।’ उनी भन्छन् ।

सर्वोच्च अदालतमा बहिर्ग्मित जनमुक्ति सेनाका मुद्दा विचाराधीन रहिरहेको अवस्थामा गत चैत्र १८ गते सर्वोच्च अदालतले राहत पाएका नपाएका द्वन्द्व पीडितहरूको तथ्यांक एक महिनाभित्र संकलन गर्न सरकारलाई आदेश जारी गरेको थियो ।

जसअनुसार बैशाख २३ गते गृह मन्त्रालयले देशभरका सबै प्रकारका द्वन्द्व पीडितहरूको राहत वितरणको सारांश, स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना तथा प्रहरीलाई उपलब्ध गराइएको राहत र आर्थिक सहायताबारे अदालतसमक्ष लिखित विवरण बुझाएको छ । त्यसपछि सर्वोच्चले उक्त मुद्दाको पेसी आउँदो जेठ २४ गते राखेको बहिर्ग्मित जनमुक्ति सेनाका महासचिव थापाले बताए ।

बहिर्ग्मित जनमुक्ति सेना नेपाल र सरकारसँग पहिलो वार्ता ०६८ भदौ २ गते भएको थियो । जसमा बहिर्ग्मित जनमुक्ति सेनाका माग पूरा गर्न सरकारले ७ बुँदे सम्झौता गरेको थियो । तर, उक्त सम्झौताको पालना गर्न सरकार असफल भयो ।

त्यसपछि पुनः उनीहरूले शान्तिपूर्ण आन्दोलन गरे । त्यसपछि तत्कालीन शान्तिमन्त्री सत्या पहाडीसँगको वार्तामा १५ दिनभित्र समस्याको समाधान गर्ने गरी २ बुँदे लिखितरूपमा सहमति गरिएको थियो । तर, उक्त सहमतिसमेत सरकार पक्षबाट पालना हुन सकेन । त्यसपछि उनीहरूले माओवादी केन्द्रीय कार्यालयसमेत घेराउदेखि देशैभरका शीर्ष राजनीतिक पार्टीका नेताहरूलाई ध्यानाकर्षण गराउँदै नेपाल बन्दको आह्वान गरेका थिए ।

भर्खरको समाचार

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top