पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अक्षय कुमारकासाथ बलिउडमा डेब्यू गर्दै

पूर्व मिस वर्ल्ड मानुषी छिल्लर अक्षय कुमारकासाथ  बलिउडमा डेब्यू गर्दै

एजेन्सी, बैशाख २८

मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् । मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्ने्छिन् ।

छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएको छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । यस फिल्ममा मानुषीको प्रमुख भूमिका रहनेछ ।

भारतीय सिनेमामा पिरियड ड्रामामा आधारित फिल्म बन्ने सिलसिला धेरै पुरानो हो । दर्शकहरु पनि इतिहासमा आधारित फिल्म निकै रुचाउँछन् । यही कारण यशराज ब्यानर हिन्दू सम्राट पृथ्वीराज चौहानको कहानीलाई पर्दामा देखाउनको लागि तयारी गरिरहेको छ । यो फिल्म बिग बजेटको लगानीमा बन्नेछ । यशराज फिल्म्स र ‘चाणक्य’ र ‘पिजरा’ जस्ता टेलिसिरीयल बनाइसकेका निर्देशक प्रकाशचन्द्र द्विवेदी मिलेर यो फिल्म बनाउनेछन् ।

खबरहरुका अनुसार मानुषी छिल्लर यस फिल्ममा राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्ने्छिन् । यतिबेला मानुषी डान्स र अभिनयको कार्यशालामा व्यस्त छिन् । पृथ्वीराज चौहान भारतको अजमेरका राजा सोमेश्वरका छोरा हुन । उनले १३ वर्षको उमेरदेखि अजमेरको राजगढ सम्हालेका थिए । पृथ्वीराजले एक पटक हतियारबिना नै एक्लै एक सिंह मारेका थिए ।

भारतमा राजा पृथ्वीराज चौहान एक योद्धा राजाको रुप परिचित छन् । यस्तै पृथ्वीराज चौहान उनका कट्टर दुश्मन जयचन्दकी छोरी संयुक्तासँगको प्रेम कहानी पनि निकै चर्चित छ । संयुक्ताको स्वयम्बरकै दिन पृथ्वीराज चौहानले उनलाई मण्डपबाट आफ्नो साथमा लिएर गएका थिए । फिल्ममा मानुषी छिल्लरले पृथ्वीराज चौहानकी प्रेमिकाको भूमिका निर्वाह गर्ने्छिन् । यस बायोपिकमा अभिनेता अक्षय कुमार र मानुषी छिल्लर बाहेर अन्य पात्रको टुंगो भने लागिसकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.