एजेन्सी, बैशाख २८
मिस वर्ल्ड, २०१७ मानुषी छिल्लर लामो समयदेखि बलिउड फिल्मको प्रतिक्षा गरिरहेकी थिइन् । अहिले खबरहरुका अनुसार मानुषी छिट्टै नै बलिउडमा डेब्यू गर्ने भएकी छिन् । मानुषी छिल्लर अभिनेता अक्षय कुमारका साथ बलिउड करिएर सुरु गर्ने्छिन् ।
छिल्लर पृथ्वीराज चौहानको बायोपिकमार्फत चलचित्रमा आउने बताइएको छ । चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बन्ने पृथ्वीराज चौहानको बायोपिकको निर्माण यशराज फिल्म्सले गर्नेछ । यस फिल्ममा मानुषीको प्रमुख भूमिका रहनेछ ।
भारतीय सिनेमामा पिरियड ड्रामामा आधारित फिल्म बन्ने सिलसिला धेरै पुरानो हो । दर्शकहरु पनि इतिहासमा आधारित फिल्म निकै रुचाउँछन् । यही कारण यशराज ब्यानर हिन्दू सम्राट पृथ्वीराज चौहानको कहानीलाई पर्दामा देखाउनको लागि तयारी गरिरहेको छ । यो फिल्म बिग बजेटको लगानीमा बन्नेछ । यशराज फिल्म्स र ‘चाणक्य’ र ‘पिजरा’ जस्ता टेलिसिरीयल बनाइसकेका निर्देशक प्रकाशचन्द्र द्विवेदी मिलेर यो फिल्म बनाउनेछन् ।
खबरहरुका अनुसार मानुषी छिल्लर यस फिल्ममा राजकुमारी संयुक्ताको भूमिका निर्वाह गर्ने्छिन् । यतिबेला मानुषी डान्स र अभिनयको कार्यशालामा व्यस्त छिन् । पृथ्वीराज चौहान भारतको अजमेरका राजा सोमेश्वरका छोरा हुन । उनले १३ वर्षको उमेरदेखि अजमेरको राजगढ सम्हालेका थिए । पृथ्वीराजले एक पटक हतियारबिना नै एक्लै एक सिंह मारेका थिए ।
भारतमा राजा पृथ्वीराज चौहान एक योद्धा राजाको रुप परिचित छन् । यस्तै पृथ्वीराज चौहान उनका कट्टर दुश्मन जयचन्दकी छोरी संयुक्तासँगको प्रेम कहानी पनि निकै चर्चित छ । संयुक्ताको स्वयम्बरकै दिन पृथ्वीराज चौहानले उनलाई मण्डपबाट आफ्नो साथमा लिएर गएका थिए । फिल्ममा मानुषी छिल्लरले पृथ्वीराज चौहानकी प्रेमिकाको भूमिका निर्वाह गर्ने्छिन् । यस बायोपिकमा अभिनेता अक्षय कुमार र मानुषी छिल्लर बाहेर अन्य पात्रको टुंगो भने लागिसकेको छैन ।