पूर्वी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना

२९ बैशाख ७६, आइतबार
Share this
685shares

विराटनगर, वैशाख २९
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

आइतबार र सोमबार मध्य तथा पूर्वका धेरै स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार साँझपख हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताइन ।

पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो । यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् बासीले बताइन ।

Advertisement

नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top