बिराट बहिरा विद्यालयको भवन बिस्तार हुने

विराटनगर–५ स्थित बिराट बहिरा माध्यमिक विद्यालयले भवन बिस्तार गर्ने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको ४५ लाख र विद्यालयको आफनै ४ लाख ६५ हजारको लागतमा भवन बिस्तार गर्न लागेको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा भवन निर्माणका इन्जिनियर प्रकाशभक्त जोशीले जानकारी दिए । उनले ४ वटा कक्षाकोठा, एउटा लाइबेरी, साइन्स ल्याब, ड्रइङ हल, शौचालय र बाथरुम ३२ सय स्क्वाएर फिटमा निर्माण गरिने बताए । कक्षा १० सम्म प्राविधिक विषयमा अध्ययन भैरहेको अहिलेको मूल भवनको दोस्रो तलामा थप कक्षाकोठा बिस्तार गर्न लागिएको विद्यालयले जनाएको छ ।

बोल्ने, सुन्ने क्षमता नभएका बालबालिकाहरुलाई सांकेतिक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराट बहिरा माविले अध्ययन अध्यापनका लागि कक्षा कोठाको अभाव हुन थालेपछि विद्यालयको दोस्रो तलामा भवन बिस्तार गर्ने भएको हो । भवनको शिलान्यास गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले हाल विद्यालय १० कक्षासम्म संचालनमा रहेको भन्दै प्लस टु गर्दे उच्च शिक्षा बिस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Advertisement

प्रदेश १ को नमूना विद्यालय बनाउन लाग्ने बताउदै उनले प्रदेश सरकार ऐन, नियम निर्माणको चरणमा रहेकाले सांकेतिक भाषाको विकास र विस्तारका लागि लाग्ने बताए । कार्यक्रममा प्रदेश १ सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विद्यालयमा आवाससहितको उच्च शिक्षा अध्ययनको थलोको रुपमा यही आउदो बजेटमा पार्न प्रदेश सरकारलाई आग्रह गरे । विद्यालयमा प्रारम्भिक बाल कक्षासहित कक्षा १ देखि १० सम्म नियमित कक्षा तथा प्राविधिक तर्फ कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङको कार्यक्रम संचालनमा रहेको छ । हालसम्म १० वटा ब्याचका १ सय ३६ जना बहिरा विद्यार्थीहरुले शतप्रतिशत नतिजासहित एसएलसी, एसइइ परीक्षा उर्तिण गरीसकेको विद्यालयले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top