पाकिस्तानको उत्तरी क्षेत्रको लरकाना गाउँमा सयौं व्यक्तिहरु एचआईभीबाट पीडित भएका छन् । डाक्टरले दूषित सुईको प्रयोग गर्दा बालबालिकाहरु पनि एचआईभीबाट पीडित भएको बताएका हुन् । गएको महिना प्रशासनको शहरको बाहिरी भागमा १८ जना बच्चामा एचआईभी पोजिटिभ पाइएको थियो । त्यसपछि व्यापक स्तरमा जाँच भएको थियोे । स्वास्थ्य अधिकारीका अनुसार, चार सयभन्दा बढी मानिसहरु एचआईभी पोजिटिभ रहेको पाइएको हो । पीडितमध्ये धेरै बालबालिका रहेका छन् । विशेषज्ञहरुले यो संख्या अझै बढ्न सक्ने बताएका छन् । यो घटना सार्वजनिक भइसकेपछि त्यहाँका मानिसहरु निकै डराएको र आक्रोशित छन् । अहिले उपचारका लागि स्वास्थ्यकर्मी र उपकरणको पनि अभाव देखिएको छ । पाकिस्तानमा एचआईभीलाई लिएर निकै कम प्रचारप्रसार हुने गरेको छ । संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार, पाकिस्तान एसियाको दोस्रो राष्ट्र हो, जहाँ एचआईभीको दर लगातार बढ्दै गैरहेको छ ।
पकिस्तानमा एचआईभीको दर लगातार बढ्दो
२ जेठ ७६, शुक्रबार
भर्खरको समाचार
भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी
नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी
हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?
दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?
अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी
‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म
अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय
बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…
प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?
अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार