विश्वकप क्रिकेटको विजेताले ४० लाख डलर पुरस्कार पाउने

२ जेठ ७६, शुक्रबार

काठमाडौं, जेठ ३ । विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर हात पार्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ८–८ लाख डलर पाउनेछन् । त्यस्तै, लिग राउण्डका विजेताले ४० हजार प्राप्त गर्नेछन् । विश्वकपमा पुरस्कार राशीमात्रै कुल १ करोड डलर रहेको परिषद्ले जनाएको छ । राउण्ड रोविनको आधारमा हुने विश्वकपमा १० टिम सहभागी हुदैंछन् । विश्वविजेता, अष्ट्रेलिया, इंग्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश रहेका छन् । विश्वकप क्रिकेट यही मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुदैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top