बागमतीबाट एडीबी हट्ने, सौन्दर्य अभियान अलपत्र

४ जेठ ७६, आइतबार

मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

 

 

नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपियाँको परियोजनाको समय अवधि अगावै एडीबी फर्किने भएको हो । ‘मुआब्जा विवादका कारण आयोजना पटक–पटक प्रभावित हुँदै आएको छ, यो विषयले निकास नपाउने भएपछि हामी समय अघि नै फर्कन बाध्य भएका छौं’ –परियोजनाका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

३० महिना अविधिको परियोजनाको समय सीमा आगामी वर्ष सन् २०२० फेब्रुअरी अन्तिम सातासम्मको हो । एडीबी र सरकारको ऋण तथा अनुदानमा गोकर्णदेखि सिनामंगलको दुवै किनारा (पशुपति क्षेत्र बाहेक) को खण्डमा नदी किनारा सौन्दर्यका विविध काम भइरहेका छन् । सो खण्डको दुवै किनाराको करिब साढे १४ किमि क्षेत्रमा सौन्दर्यका गतिविधि भइरहेका छन् । तर मुआब्जा विवादले परियोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top