काठमाडौं, जेठ ९
नेपाली बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएलमा बार्बाडोस ट्रिडेन्टबाट खेल्ने भएका छन् । अघिल्लो संस्करणमा सेन्ट किट्स एण्ड नेभी प्याट्रियोट्सबाट खेलेका सन्दिपलाई यस पटक बार्बाडोसले किनेको हो ।
सन्दीपलाई बार्बाडोसले ७० हजार अमेरिकी डलरको स्लटमा अनुबन्ध गरेको हो । त्यस्तै, नेपालका सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी पनि अक्सनको ड्राफ्टमा छन् ।