जनचेतनाका लागि भित्तेचित्र कोर्दे विराटनगरका अभियन्ताहरु

११ जेठ ७६, शनिबार
Share this
779shares

समाज परिवर्तन युवाको काँधमा भन्दै हातमा झाडु लिएर सरसफाई अभियान सुरु गरेको विराटनगर स्थित “परिवर्तनका लागि हातेमालो“ ले जनचेतनाका लागि सांकेतिक भित्ते चित्र अभियानलाई निरन्तरता दिएको छ ।

Advertisement

बिगत डेढ बर्षदेखि सरसफाई अभियानमा जुटेको हातेमालोले अभियानको ११ औ हप्तादेखि बिराटनगर र आसपासका क्षेत्रहरुमा जनचेतनाका लागि सांकेतिक भित्ते चित्र बनाउदै आएको छ । सो क्रममा शनिबार अभियानमा जोडिएका अभियन्ताहरुले पोखरिया उच्च माध्यामिक विद्यालयको पर्खालमा बलत्कारका बिरुद्ध र सरसफाई सम्वन्धी भित्ते चित्र बनाएका छन ।

Advertisement

संस्थाका अध्यक्ष बिनोद परियारले सार्वजनिक संस्थाका भित्ता र पर्खालमा व्यापारिक बिज्ञापनले कुरुप बनाएको देखेर आफूहरुले जनचेतनामूलक चित्र कोर्ने अभियान सुरु गरेको बताए । भित्तेचित्र अभियानले थोरै ब्यक्तिको भएपनि सोचमा परिर्वतन गर्ने उनले विश्वास ब्यक्त गरे । हाम्रो यो अभियान सकारात्मक सोचको विकासका लागि हो, उनले भने यसले स्थानीय तहको पनि आखाँ खोल्ने हामीले विश्वास लिएका छौ । सडक सरसफाई अभियानमा विराटनगरमा जारी सडक निमार्ण कार्यले अवरोध गरेपछि भित्तेचित्र अभियानमा आफूहरु लागेको परियारले बताए । भाषण र आश्वासनले मात्रै समाज अनि देश कहिल्यै परिवर्तन हुदैन भन्दै परियारले समाज परिर्वतनका लागि स्थानीयको सहभागिता र जनचेतना महत्वपूर्ण रहेको बताए ।

Advertisement

अभियानमा सहभागि अभियन्ता सरोज कोइरालाले संस्थामा आवद्ध भएदेखि शनिवार कहिले आउछ जस्तो अनुभव भएको प्रतिक्रिया दिए । अभियानलाई चाडै प्रदेश १ हुदै देशब्यापी बनाउने “परिवर्तनका लागि हातेमालो“ ले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top