×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

देश समृद्धिको अभियानमा अघि बढ्छ : शाक्य

काठमाडौँ, माघ १०
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुलुकमा जनादेशअनुसारको सरकार गठन भएपछि देश र जनतालाई समृद्धिको अभियानमा अगाडि बढाउन सकिने बताएकी छन् ।

कामपा–१५ स्थित डल्लु आवास क्षेत्रमा ‘सिर्जनशील समुन्नत नेपाल’ नामक सामाजिक संस्थाको आज शुभारम्भ गर्दै उनले देशमा हालै सम्पन्न निर्वाचनपछि अब आर्थिक र सामाजिक रुपान्तरणका लागि प्रशस्त मार्ग खुला भएको बताईन् ।

Advertisement
Advertisement

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले समाजमा महिला वर्गमा आर्थिक पहुँच नपुगेकाले उनीहरुमाथि अनेक किसिमका हिंसाको घटना हुने गरेकामा चिन्ता व्यक्त गर्दै उनीहरुलाई व्यावसायिक तालीम उपलब्ध गराई आयआर्जन गराउनसकेमा सशक्तीकरण हुने विचार व्यक्त गरे् । ।

कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले त्यस क्षेत्रका महिला वर्गलाई घरेलु उत्पादन तथा सीपमूलक व्यवसायमा लगाउनसकेमा सामाजिक रुपान्तरणमा सहयोग पुग्ने बताए ।

Advertisement
Advertisement

‘सिर्जनशील समुन्नत नेपाल’ का अध्यक्ष शान्ती सिंह शाहीले समाजसेवाका माध्यमबाट पनि राष्ट्र निर्माणमा योगदान पुर्याउन सकिने बताउँदै त्यस क्षेत्रका सिमान्तकृत, पिछडिएका महिलालाई सीप तथा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरिन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top