बेलायतमा आफूविरुद्ध प्रदर्शन गरेको खबर झुठो ः ट्रम्प

जेष्ठ २२, एजेन्सी । तीन दिने बेलायत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो दिन बेलायतका वरिष्ठ नेताहरुसँग भेटघाट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणको क्रममा आफूविरुद्ध हजारौँ व्यक्तिहरुले प्रदर्शन गरेको खबर झुठो भएको बताएका छन् । यसअघि अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले बेलायतमा प्रदर्शन गरेको बताएका थिए । यसअघि राष्ट्रपति ट्रम्पले बेलायतका मेयर सादिक खानको आलोचना पनि गरेका थिए ।

ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘सादिक खानले लण्डनको मेयर भएर निकै खराब काम गरिरहेका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमणलाई लिएर अनावश्यक टाउको दुखाइरहेका छन् । उनले मभन्दा पनि बेलायतको अपराधमाथि ध्यान दिनु राम्रो हुन्छ ।’

Advertisement

त्यस्तै बेलायतका मेयर सदिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतका लागि ‘रेड कार्पेट’ बिछ्याउन जरुरी नभएको बताएका थिए । यसअघि पनि यी दुईबीच आरोप प्रत्यारोप नचलेको भने होइन । जब अमेरिकी राष्ट्रपति ट्रम्प बेलायत पुगे, तब यी दुईबीच ‘ट्विटर वार’ सुरु भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले ब्रेक्जिट (यूरोपियन युनियनबाट बाहिर हुने प्रक्रिया) सम्झौतापछि बेलायत र अमेरिकाको व्यापारमा बढोत्तरी हुने बताएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top