×

NEPAL TIMES UPDATES

Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026
Playing
आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ? || Nepal Times
May 07, 2026
Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026

२ सयभन्दा बढी वस्तुमा ४५ प्रतिशतसम्म भन्सार कर बढ्याे, जुत्ता चप्पल व्यापारी तनावमा

२८ जेष्ठ २०७६

२०७६ जेठ २८ गते काठमाडौं । सरकारले २ सयभन्दा बढी वस्तुहरूको भन्सार महसुल वृद्धि गरेको छ । स्वदेशी उद्योगहरूको संरक्षण मार्फत राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न भन्दै सरकारले आयात हुने बस्तुहरूमा भन्सार वृद्धि गरेकाे हाे ।

कुखुराको मासु, मिनरल वाटर, जुत्ता चप्पल, बिस्कुट/पाउरोटी, जुस मरिच, चिया कफी, तयारी आइसस्कीम, रक्सी ड्राइफुड सहित डब्बल क्याप पिकअपलगायतका वस्तुको भन्सार महसुल ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म भन्सार वृद्धि गरेको हो । सरकारले आर्थिक विधेयकमार्फत इनर्जी ड्रिङसमा ४५ प्रतिशत बढाएर ७५ प्रतिशत पुर्याएको छ । जुत्ता चप्पलमा २० प्रतिशत वृद्धि गरेर ४० प्रतिशत पुर्याएको छ ।

सरकारले चिनीको मूल्यमा पनि १० प्रतिशतले भन्सार मूल्य बढाएर उखु किसान र उद्योगीलाई संरक्षण गरेको छ । बदाम, काजु, पेस्तालगायका वस्तुमा भन्सार मूल्य ३० प्रतिशतबाट ४० प्रतिशत पुर्याइएको छ । जुसमा ३० प्रतिशतले भन्सार मूल्य बढाएको छ भने कफी, चियाको भन्सार महसुल १० प्रतिशत बढेको छ । धूलो दुध घ्यूमा पनि १० प्रतिशतले भन्सार मूल्य वृद्धि गरेको छ । संगीतका सामानमा १० र खेलौनामा पाँच प्रतिशतले महसुल वृद्धि भएको छ ।

Advertisement
Advertisement

कुल गार्हस्थ्य उत्पादन(जीडीपी)मा सहयोग पुग्ने वस्तुको उत्पादन वृद्धि गर्न  नेपालमा नै उत्पादन हुने खालका आयातित बस्तुमा सरकारले पाँचदेखि ४५ प्रतिशतसम्म भन्सार महसुल बढाएको भन्सार विभागका निर्देशक राजेन्द्रराज ढकालले बताए ।

यस्ता साना तथा खुद्रे वस्तुको भन्सार महसुल बढाउदा एकतिर राजस्वमा त्यति असर पर्दैन भने अर्कोतिर नेपाली उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्न सकिने विभागको भनाइ छ ।

करका दरमा खासै आक्रमक नदेखिएका अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला वस्तुको भन्सार मूल्य बढाएर राजस्व संकलनमा अप्ठ्यारो अवस्था सिर्जना गरेनन् । यस वर्ष नै राजस्व संकलन गर्न चुनौती खेप्दै आएका अर्थमन्त्री खतिवडाले उद्योगी र व्यवसायीलाई एकातिर रिझाए भने अर्कोतिर देशभित्रै रोजगारी सिर्जना हुन सक्ने साना तथा घरेलु उद्योगको संरक्षण समेत गरेका छन् । देशको अर्थतन्त्र निर्माण गर्न भलै यसले ठूलो सहयोग नमिल्ला यद्यपी यसले आम नेपालीलाई स्वरोजगार बन्न भने प्रेणित गर्छ ।

बजारमा यस्ता आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा स्वदेशी उद्योगहरू फस्टाउन सकेका छैनन् । देशमा बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न समेत यसले महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । सरकारले आर्थिक विधेयक-२०७६ मार्फत अन्य बढी राजस्व संकलन हुने वस्तुको महसुल दर यथावत राखि यस्ता साना वस्तुको भन्सार महसुल बढाएको हो । हाल नेपालमा भारत, चीनलगायतका देशबाट अर्बभन्दा बढी मूल्यको यस्ता वस्तु आयात हुने गरेको छ ।

यसका साथै सरकारले दुध, माछामासु तथा अण्डामा आत्मनिर्भर बन्ने रणनीतिक योजना अघि बढाइसकेको छ । नेपालको जीडीपी जीडीपीमा २७. ५९ प्रतिशत प्राथमिक क्षेत्रको योगदान रहेको छ ।

Advertisement

आर्थिक विधेयक-७६ ले २१ वटा शीर्षकअन्तर्गतका २ सयभन्दा बढी उपशीर्षकको भन्सार महसुल बढाएको छ । बढ्दो आयातलाई न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरी भन्सार महसुल वृद्धि गरेको हो । सरकारले यसअघि नै स्वदेशी उत्पादनलाई संरक्षण गर्न यस्तो रणनीति लिएको हो ।

Advertisement

भर्खरको समाचार

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top