सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

१० माघ ७४, बिहीबार

किशोर विश्वकर्मा
विराटनगर, माघ ११
विभिन्न ५ सुत्रिय माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समिति विराटनगरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बmुाएको छ । गत माघ ५ गते राती विराटनगरका व्यपारी पशुपति भगत माथि अज्ञात समुहद्धारा भएको आक्रमणको विषयलाई लिएर सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अपराधीलाई राजनितिक संरक्षण बन्द हुनुपर्ने, व्यपारी माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गरिनुपर्ने, विराटनगरमा विषेश सुरक्षा व्यवस्था लागु गर्नुपर्ने उल्लेख गरिएको छ ।

व्यपारी भगतलाई आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न समेत उक्त समितिले माग गरेको छ । सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिले घटनामा संलग्न व्यक्तिको पहिचान गरि तत्काल कारवाही नगरिए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले विराटनगरको सुरक्षा व्यवस्था कडा पारिने आश्वासन दिए । उनले विराटनगरमा त्यस्ता प्रकृतिका घटना हुन नदिन प्रहरीको मोवाइल गस्ति परिचालन गरिने बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top