काठमाडौंमा स्मार्ट पार्किङ सेवा पनि सुरु

काठमाडौंमा स्मार्ट पार्किङ सेवा पनि सुरु

१ असारकाठमाडौं । काठमाडौंको न्यूरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आइतबारबाट न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु गरेको हो । सो सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अस्तव्यस्त हुन पुगेको ट्राफिक व्यवस्थापनको कामलाई व्यवस्थित बनाउन सो सेवा सुरु गरिएको जानकारी दिए ।

उनले काठमाडौंका अन्य स्थानमा पनि सो पार्किङ सेवा संचालनमा ल्याउने योजना रहेको पनि बताए। स्मार्ट पार्किङ स्थलको शुल्क दुई थरी निर्धारण गरिएको छ । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र ४ पाङग्रे सवारी साधनका लागि ८० रुपैयाँ तोकिएको हो । ह्वील ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर शाक्यले यस लगत्तै दरबारमार्गमा पनि स्मार्ट पार्किङ सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.