२ असार, विराटनगर । विराटनगर विमानस्थलबाट सुनसरीको इटहरीका ४५ वर्षीय विनोद खवासलाई प्रहरीले ३८ थान राहदानीसहित पक्राउ गरेको छ विमानस्थलबाट ३८ थान राहदानी काठमाण्डौँ पठाउन लागेको अवस्थामा खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।
श्रम विभागमा दर्ता भएका र राहदानी बोक्ने इजाजत भएका मेनपावर कम्पनीले मात्र यसरी राहदानी बोक्ने मिल्ने नियम छ । खवाससँग कुनै पनि इजाजत पत्र नभेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । खवास मेनपावर व्यवसायी हुन सक्ने बताइएको छ । पक्राउ परेका खवासलाई थप अनुसन्धान तथा कारबाहीका लागि विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयमा पठाइएको छ ।