×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

व्यापार संघका नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण

२ असार २०७६

२ असार, विराटनगर ।

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको निर्वाचनबाट विजयी पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् ।

Advertisement
Advertisement

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिको अध्यक्षमा प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्षमा नविन रिजाल, वाणिज्य उपाध्यक्षमा विकास वेगवानी, उद्योग उपाध्यक्षमा अनुपम राठी , महासचिवमा अनिल साह र सचिवमा अनिल सारडाले पदस्थापन गरेका छन् ।

यस्तै उद्योग तर्फका सदस्यहरुमा दीपेश सुवेदी, आशिष जाजू, पवन राठी, सुनिल टिवडेवालले पदभार ग्रहण गरेका छन् । यस्तै वाणिज्य तर्फ अनिलकुमार साह, मनीषकुमार मारु, राजेशकुमार अग्रवाल, देवाशीष गोल्छा, विनित सिंघानीया, सुशील सुरानाले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दे नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा औद्योगीक ग्राम लगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने, प्रादेशिक एवम औद्योगिक प्रदर्शनी कक्ष, रिङरोड, एकीकृत भन्सार बिन्दुको निर्माण एवम् संचालन गराउन पहल गर्ने, स्वदेशी उत्पादन हाम्रो प्राथमिकताको मुल नाराका साथ स्वदेशी उत्पादनहरुको संरक्षण र प्रवद्र्धनका लागि काम गर्ने बताए ।

Advertisement

यस्तै उर्जा आपूर्तिलाई थप सुधारका लागि सम्बन्धित निकायमा पहल गर्ने, पर्यटन बर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन सम्बन्धित निकायसँग समन्वय गर्ने बताउदै वृक्षारोपण अभियान २०२० लाई आत्मसाथ गर्दे १० हजार वृक्षारोपण गरी विराटनगरलाई ग्रीन सिटी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । कार्यक्रममा पूर्व अध्यक्षहरु ताराचन्द खेतान, नन्दकिशोर राठी,खेमचन्द्रलालवानी, शंकरलाल अग्रवाल,जीवन नेपाल, महेश जाजु, पवन सारडा लगायतले उद्योग तथा व्यापारको सामूहिक हितका लागि नयाँ नेतृत्व उदारहणीय काम गर्न सकोस् भनी सफलताको शुभकामना दिएका थिए । नयाँ कार्यसमितिको पदावधि २ बर्षको रहनेछ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top