करेण्ट लागेर १ को मृत्यु, १ घाइते

२ असार ७६, मंगलबार

२ असार, उदयपुर ।

Advertisement

उदयपुरको चौदण्डीगढी नगरपालिका-१ छुईलामा आज बिहान करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

बिहान करिब साढे ११ बजेको समयमा सोही स्थान बस्ने बर्ष ३१ को गुणराज खड्कालाई आफ्नै घरको कोठामा मोबायल चार्ज गर्ने क्रममा करेण्ट लागेको देखे पश्चात तत्काल मेन स्विच मार्ने क्रममा निजको श्रीमती बर्ष ३० की सम्झना खड्कालाई समेत करेण्ट लागेको थियो ।

Advertisement

करेण्ट लागेर घाइते भएका दुवै जनालाई उपचारको लागि प्रथामिक स्वास्थ केन्द्र बेल्टार पठाईएकोमा गम्भीर घाइते भएका गुणराजको उपचारको क्रममा दिउँसो पौने ३ बजे सोही स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने घाइते सम्झनालाई थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top