विवादित गुठी विधेयक: उपत्यकामा आन्दोलन चर्काउने विधेयकमा के छ ?

३ असार ७६, मंगलबार
Share this
679shares

अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’

Advertisement

अभियन्ताहरूले अहिलेको विधेयक खारेज गर्दै आवश्यक छलफल गरी समयसापेक्ष रूपमा ल्याउनुपर्नेमा जोड दिँदै आएका छन् । उनीहरूले गुठीको प्रभावकारिता बढाउने किसिमले प्राधिकरणको अवधारण ल्याउन माग गरेका छन् ।

। अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका धेरै बुँदाहरू सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याउँदा अपुरो र अधुरो हुन पुगेको र समस्या ल्याउने खालको भएको बताए । उनले विधेयक फिर्ता गरी सबै विषयमा छलफल गरेर मात्र विधेयक ल्याउनुपर्ने आवश्यकता औंल्याए । यो समाचार आजको राजधानी दैनिकमा  केशवप्रसाद पाण्डेले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top