चर्न गएका गाई ९ दिनपछि कोठामा मृत भेटिए

२ असार ७६, मंगलबार

३ असार, विराटनगर । विराटनगर १० स्थित एक घरको कोठामा दुइवटा गाई मृत अवस्थामा फेला परेको छ । विराटनगरस्थित न्युरो अस्पताल भन्दा पुर्वदक्षिणतर्फ सिद्धार्थ मार्गमा अवस्थित सुमित्रा कार्कीको घर पछाडीको कोठामा थुनिएको अवस्थामा ती गाई मृत फेला परेका हुन् ।

केहिदिन अघि नै गाइ मरेका कारण दुर्गन्ध फैलिएपछि कोठाको ढोका फुटाउदा भित्र रहेका तीन गाईमध्ये २ वटा मरेको र एउटालाई जिवितै उद्धार गरिएको स्थानियले बताएका छन् । मृत गाईहरु स्थानिय शान्तिचोकका रामअशिष रायको रहेको बताइएको छ । ९ दिन अघि चर्न गएको क्रममा ती गाईहरु हराएको रामअशिषका छोरा सुनिलकुमार रायले जानकारी दिए । गाई हराएपछि आफुहरुले स्थानिय प्रहरी चौकीमा उजुरी दिएपनि नभेटिएपछि गाई खोज्दै सुनसरी,मोरंगका विभिन्न गांउहरुमा भौंतारिएको उनले बताए । गाई मरेको भेटिएको घरका धनि सुमित्रा कार्कीको परिवार अस्ट्रेलिया बस्दै आएकाछन् । कार्की परिवार विदेशमा रहेका कारण भिमप्रसाद सिंह र गायत्री मण्डलले घरको रेखदेख गर्न भन्दै सो घरमा बस्दै आएको स्थानीयले जानकारी दिएका छन् । सिंह हाल काठमाण्डौमा रहेका र उनकी श्रीमति गायत्री र दुइवटा नानीहरु गाइ मरेको कोठाको सामुन्ने रहेको घरमा बस्दै आएका छन । नौ दिनसम्म गाई थुनिएर कोठामै मरेपनि नजिकैको घरमा बस्ने ब्यक्तिहरुलाई गाई कराएको समेत थाहा नपाएको बिषयलाई रहस्यकोरुपमा हेरिएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले मृत गाईहरुको मुचुल्का तयार पारी पोष्टमार्टमकालागि पठाएको छ । जिल्ला प्रहरी कार्यालय मोरंङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले चर्दै गएका गाईहरु आफै सो कोठामा प्रवेश गरेको र हावा लगायतका कारणबस कोठाको ढोका भित्रबाट थुनिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको बताए ।

गाई मरेर ढोका छेउमै लडेपछि कोठा भित्रैबाट थप ब्लक भएको देखिएको उनको भनाई छ । सो बिषयमा प्रहरीले उक्त घरमा बस्दै आएकी सुमित्रा मण्डल तथा छिमेकी अमित भट्टराई सहित थप एकजनासंग सोधपुछ गरेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top