×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महानगरमा सम्बन्ध बिच्छेदका मुद्दा घटे

३ असार, विराटनगर । विराटनगर महानगरपालिकाअन्तर्गत न्यायिक समितिमा यो आर्थिक वर्षको जेठसम्ममा ५७ वटा मुद्दा परेका छन् ।

२०७५ साल साउन १६ गतेदेखि हालसम्ममा न्यायिक समितिमा ५७ वटा मुद्दा परेकोमा २४ वटा मुद्दा फस्र्याैट भैसकेका छन् भने १७ वटा प्रक्रियामा रहेको र ८ वटा तामेलीमा रहेको विराटनगर महानगरपालिकाको न्यायिक समितिकी संयोजक इन्दिरा कार्कीले जानकारी दिइन् । जसमा सबैभन्दा बढी घरजग्गा किचलो, मोही, अनाधिकृत घर, टहरा, बाटो किचलोको १३ वटा मुद्दा परेकोमा ७ वटा फस्र्यौट भैसकेको पनि उनले बताइन । यस्तै महिला हिंसाका ७ वटा, अंश मुद्दाका ४ वटा, घर सटर खाली गराई पाउ भनी १० वटा परेकोमा १० वटै नै फस्र्यौट भइैसकेको छ । उनले आफूहरुले न्यायाधीश नभई समन्वयकर्ताको भूमिका निर्वाह गरेर मुद्दाको छिनोफानो गर्ने गरेको बताइन् । पहिला न्यायमा सबैपहुँच पुग्न नसकेको, झन्झटिलो प्रक्रिया खर्च लगायतका कारण अदालतमा पुग्ने सर्वसाधरणको सख्या न्यून रहेपनि अहिले स्थानीय तहमा कानूनी अधिकार आएपछि स्थानीयको आगमन बढेको उनले बताइन्। समितिमा मुद्दापरेपछि दुई प्रतिवादीसँगको छलफलपछि आफुहरुले सम्बन्धित घटनास्थलसम्म पुगेर मात्रै मुद्दाको फैसला गर्ने गरेको उनले बताइन् ।

Advertisement
Advertisement

Advertisement

उपमेयर कार्कीले भदौ यता सम्बन्धबिच्छेदको मुद्दा भने एउटा पनि नपरेको जानकारी बताइन् । नयाँ मुलुकी संहिता आइसकेपछि भने सम्बन्ध विच्छेदको मुद्दा नपरेको पनि महानगरले जनाएको छ । बाटोको मिचिएर समस्या भएपछि महानगरपालिकाको न्यायिक समितिमा मुद्दा दर्ता गरेको १ महिना नबित्दै समस्या समाधान भएपछि विराटनगर–१५ का स्थानीय ज्ञानबहादुर राईले महानगरपालिकाको न्यायिक समितिको काम छिटो र चित्त बुझ्दो भएको भन्दै धन्यवाद दिएका छन् । उपमेयरको संयोजनमा विनोद बस्नेत र तीर्थेन्द्र न्यौपाने ३ जनाको न्यायिक समितिले काम गरिरहेको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top