राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्रीको लगाम

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका प्राथमिकता प्राप्त एघार आयोजनाको अनगुमन सीधै आफूले गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट प्रधानमन्त्रीले अनुगमन थाल्नेछन् ।

राष्ट्रिय गौरवका आयोजनाको काम सीधै प्रधानमन्त्रीले अनुगमन गर्ने उद्देश्यले गत १५ जेठबाट प्रधानमन्त्री कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याएको हो । यही कक्षबाट प्रधानमन्त्री ओलीले आयोजनामा भइरहेको कामको नियमित रूपमा भिडियोमार्फत अनुगमन गर्नेछन् । उनले आवश्यकताअनुसार आयोजनाप्रमुख र प्राविधिकहरूसँग सम्वाद गर्ने व्यवस्था मिलाइएको छ । असारबाट अनुगमन सुरु हुनेछ ।

सुरुमा गौतमबुद्ध विमानस्थल भैरहवा र पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम अनुगमन गर्ने गरी प्रधानमन्त्री कार्यालयले आयोजना स्थलमा क्यामेरा जडान अन्तिम चरणमा पु(याएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार बाँकी ९ आयोजनाहरूमा स्थलगत रूपमै क्यामेरा जडान भइसकेपछि अनुगमन थालिनेछ ।

Advertisement

सरकारले यसै आर्थिक वर्ष्भित्रै माथिल्लो तामाकोसी, मेलम्ची आयोजना र गौतमबुद्ध विमानस्थलको काम सम्पन्न गर्ने घोषणा गरेको छ । पोखरा विमानस्थलको काम अर्को वर्ष्भित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । ‘एक्सन रुमबाट प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो आयोजनाको काम गुणस्तरीय ढंगले सम्पन्न गर्न अनुगमन र निर्देशन दिनुहुनेछ,’ प्रवक्ता कुँवरले नयाँ पत्रिकासँग भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा  शुरोजंग पाण्डेले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top