सरोकारवाला निकायसँग छलफल नगरी सरकारले विधेयकहरु ल्याएकोमा मन्त्री तामाङको असन्तुष्टि

३ असार ७६, बुधबार

४ असार, काठमाडौं ।

सत्तारुढ दल नेकपाका सांसद एवम् पूर्व कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले सरोकारवाला निकायसँग पर्याप्त छलफल नगरी विधेयकहरु ल्याउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

नेकपाका प्रतिनिधिसभाका सांसद तामाङले पर्याप्त छलफल र तयारीविना नै आएकाले सरकारले ल्याएका पछिल्ला विधेयकहरु विवादमा तानिएको पनि स्पष्ट पारे । बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सत्तारुढ दलकै सांसदहरुले समेत सरकारले हतार गरेर ल्याएको विधेयकको विरोधमा बोल्नु परेको पनि स्मरण गराए ।

Advertisement

सांसद तामाङले विधेयकलाई व्यवस्थित बनाउन संसदभित्रै ड्राफ्ट गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे । सरकारले पछिल्लो पटक संघीय संसदमा पेश गरेको गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसँग सम्बन्धित विधेयक विवादमा तानिएको छ । सांसद तामाङले ती विधेयकहरु पर्याप्त तयारीविनानै आएकाले विवादमा तानिएको पनि स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top