६ असार, विराटनगर । पाँचौ अन्तर्राष्ट्रिय योग दिवस विराटनगरमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा मोरंङमा क्रियाशिल पतञ्जलि योग समितिका विभिन्न तहगत समितिहरुले एकत्रित कार्यक्रम आयोजना गरेका छन् ।
पतंजलि योग समिति मोरङ,महिला पतंजलि योग समिति मोरंङ,पतंजलि योग महानगर समिति र योग परिवार विराटनगरले स्थानीय परोपकार अभियान सामुदायिक भवनमा सामुहिक कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रम सहभागि योग साधकसहित सर्वसाधारणलाई योग प्रशिक्षण दिइएको थियो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले योग गरेका छन् । उनले रोग निवारण र स्वस्थ्य जीवनकालागि योग अपरिहार्य रहेको पनि बताए ।
कार्यक्रममा श्री राधाकृष्ण मन्दिर समितिका बाबुराजा ओझा,सनातन धर्म सेवासमितिका शिवदत्त भट्टराई,साहित्यकार एवम समालोचक दधिराज सुवेदी सहित योग साधकहरुको सहभागिता थियो । योग प्रशिक्षण र दिवस बिशेष कार्यक्रम लगत्तै प्रभात फेरीको आयोजना गरिएको थियो