सञ्चार मन्त्रीले भने : कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न सुहाउँदैन

६ असार ७६, शुक्रबार

६ असार, काठमाडौँ ।

Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रताको कुरा गर्न नसुहाउने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक २०७६ अन्र्तगत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदै उनले वर्तमान सरकारको बारेमा कुरा गर्नु भन्दा पहिला आफ्नो इतिहास सम्झन कांग्रेसलाई आग्रह गरे ।

कुनै समय कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएको कांग्रेसले अहिले सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्यो भन्न नमिल्ने तर्क गरे । “स्वतन्त्रताको मसिया धेरै बन्नु पर्दैन । मैले बारम्बार भन्ने गर्या छु । कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउनेले पनि यो कुरा उठाउनु आवश्यक छैन ।” उनले भने “ १५ सालमा विपि कोइरालाको दुई तिहाईको सरकार हुँदा मणिराज उपाध्यायाको पत्रिकालाई आलोचना गरे वापत लोककल्याणकारी विज्ञापन दिईएको थिएन । मैले भनेको होइन । भीष्मबहादुर देवकोटाले लेखेको हो ।

Advertisement

अरु मुद्धा नभएपछि मिडिया काउन्सिल विधेयकलाई “परालको त्यान्त्रो समातेर पार लाग्न सक्छ कि” भन्ने दृष्टिले प्रयोग गरिएको दाबी उनले गरे । उनले १५ साल देखिका प्रसंग उल्लेख गर्दै कांग्रेसलाई आफ्नो विगत सम्झन सचेत गराए । पानी धमिल्याएर माछा मार्न सकिन्छ कि भन्ने भ्रममा नपर्न उनले आग्रह गरेका छन् । मिडियाका लागि डाटा सेन्टरका सम्बन्धमा उठेका प्रश्नमा उनले मिडिया आफैले बनाउनुपर्ने बताए ।

फोर जी सेवामा भ्रष्टाचार भएको भन्ने आफुलाई थाहा नभएको बताउदै मन्त्री बाँस्कोटाले ३३ महिनामा सक्ने भनिएकोमा १२ महिनामा सक्ने गरि सम्झौता भएको स्पष्ट पारे । कात्तिक सम्ममा देशका ठुला शहरमा र एक बर्ष भित्र देशभरि नै फोर जी सेवा संचालन हुने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top