राजविराज रंगशाला गौचरणमा परिणत

५ असार ७६, शुक्रबार

६ असार, सप्तरी ।
स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुदै आएको राजविराज स्थित राज रंगशाला आवश्यक मर्मत एवम् संरक्षणको अभावमा अहिले गौचरणमा परिणत भएको छ । सरोकारवाला निकायको वेवास्ताका कारण रंगशाला औद्योगिक मेला र राजनितिक दलका सभा गर्ने स्थलको रुपमा समेत प्रयोग हुदै आएको छ ।

खेलकुद गतिविधिका लागि बनाइएका रंगशाला जिर्ण तथा अतिक्रमणको चपेटामा परिसक्दा पनि रेखदेख र मर्मत सम्भारतर्फ सम्बन्धित निकायले कुनै चासो नदेखाएपछि खेलकुद गतिविधि प्राय ठप्प भएको छ । रंगशालाको ७ हजार दर्शक अटाउँने क्षमता भएको प्यारापिट जिर्ण हुदाँ समेत मर्मत सम्भार हुन नसकिरहेको अवस्थामा प्याराफिट मुनी वषौदेखी विभिन्न व्यक्तिले बसोबास गरि रहेका छन् ।

Advertisement

प्यारापिट नै अतिक्रमण गरि विगत २० वर्षदेखि २ दर्जन परिवार बसेपनि कसैले पनि खाली गराउने पहल गरेको छैन । रंगशालाको स्वामित्व राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिएको थियो । तर अतिक्रमित स्थान खाली गराउन समितिले पनि खासै पहल गरेको देखिएको छैन ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनी बस्दै आएकाहरुलाई सचना पठाएपनि नटेरेको लाचारीपना सुनाए । उनले अतिक्रमण हटाउँन अन्य निकायबाट पनि सहयोग नपाएको गुनासो पोखे । प्याराफिट जिर्ण र अतिक्रमण हुनुले विगत १५ वर्षदेखि रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्यास सम्म हुन सकेको छैन ।

Advertisement

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top