×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

युरोपका गन्तव्यमा सिधा उडान गर्ने तयारी

६ असार २०७६

६ असार, काठमाडौँ । 

युरोपेली मुलुकसँग द्विपक्षीय हवाई सञ्जाल विस्तार गर्ने उद्देश्यका साथ नेपालले युरोपका विभिन्न गन्तव्यमा सिधा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । युरोपेली मुलुक फिनल्याण्डसँग प्रारम्भिक हवाई सेवा सम्झौताको तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । फिनल्याण्ड आफैँले नेपालसँग हवाई सम्झौताका लागि चासो देखाएको छ । त्यहाँको राष्ट्रिय ध्वजावाहक तथा सबैभन्दा ठूलो वायुसेवा प्रदायक कम्पनी फिनिस एयरले नेपालमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेको छ । काठमाडौँ– फिनल्याण्ड करीब साढे १० घण्टाको हवाई यात्रा तय गर्नुपर्ने हुन्छ ।

Advertisement
Advertisement

फिनल्याण्ड आफैँले नेपालसँग हवाई सेवा सम्झौताको प्रस्ताव राखेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार फिनल्याण्डका राजदूत स्वयंले फिनिस एयरका प्रतिनिधिलाई नेपाल बोलाएर व्यावसायिक उडानको प्रारम्भिक अध्ययन पनि गराइसकेको छ ।

‘फिनल्याण्ड उडानबारे फिनल्याण्डका राजदूतसँग हाम्रो कुराकानी भएको छ, राजदूतको भनाइमा फिनिस एयरले नेपाल उडानबारे अध्ययन गरिसकेको छ । भारतको नयाँ दिल्लीसम्म आइरहेको उक्त एयरले नेपालमा सिधा उडान भर्ने योजना बनाएको रहेछ । हाम्रा लागि त यो खुशीको कुरा भयो, भ्रमण वर्ष मनाइरहेको सन्दर्भमा उडान सहकार्य उपयोगी हुन्छ’, सहसचिव आचार्यले भने ।

फिनल्याण्ड, स्विडेन, डेनमार्कलगायतमा मुलुकबाट धेरै पर्यटकलाई नेपाल भित्र्याउन सहज हुने बताइन्छ । सकेसम्म आगामी जुलाई महीनाभित्र हवाई सम्झौता गर्ने मन्त्रालयको तयारी छ । उक्त प्रस्तावबमोजिम मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमलगायत निकायसँग राय सुझाव लिएर हवाई सेवा सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्मा लगिनेछ ।

मन्त्रिपरिषद्को अनुमति पाएपछि सम्बन्धित मुलुकसँग सम्झौताका लागि औपचारिक प्रक्रिया अगाडि बढाइने मन्त्रालयको योजना छ । अहिले नेपाल र युरोपलाई जोड्ने एक मात्र टर्किस एयरलाइन्स रहेको छ । टर्की युरोप र एशियाको सिमानामा पर्ने भएकाले युरोपका धेरै पर्यटकलाई आकर्षण गर्न नसकेको सहसचिव आचार्य बताउँछन् ।

युरोपबाट नेपाल आउने पर्यटक तथा नेपालीले टर्की या खाडी मुलुकका विमानस्थलसम्म ‘ट्राञ्जिट फ्लाइट’ गरेर मात्र नेपाल आउनुपर्ने बाध्यता छ । फिनल्याण्डसँग हवाई सेवा सम्झौता भएपछि युरोपबाट ट्रान्जिटबिना नै नेपाल आउन सकिनेछ । फिनिस एयरले अहिले भारतको नयाँ दिल्लीसम्म सिधा उडान गर्छ । नेपालमा पर्यटक तथा युरोप जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै उक्त कम्पनी नेपाल आउन चाहिरहेको बताइएको छ ।

यस्तै सरकारले अहिले रुससँग पनि हवाई सम्झौताको तयारी गरिरहेको छ । रुसले नेपाल उडानका लागि चासो देखाएको छ । रुसमा यसअघि पनि सम्झौता भएर उडान भए पनि बीचमा रोकिएको थियो । यस्तै पर्यटकीय सम्भावना बोकेको इण्डोनेसियासँग पनि नेपालले हवाई सम्झौताको प्रयास थालेको छ । प्रारम्भिक छलफल गरिए पनि इण्डोनेसियाली पक्षले थप प्रतिक्रिया दिएको छैन ।

नेपालका लागि आकर्षक मानिएको अष्ट्रेलियासँग पनि हवाई सम्पर्क विस्तारका लागि पहल थालिएको सहसचिव चाचार्यले बताए । उनले भने, ‘अष्ट्रेलियाका लागि हामीले प्रस्ताव पठाएका छौँ, उताबाट थप जानकारी आएको छैन, इण्डोनेशियाको बाली आउने पर्यटकको केही हिस्सा नेपाल ल्याउनसके पर्यटनमा ठूलो योगदान मिल्ने सम्भावना छ, त्यसैले अष्ट्रेलियन एयरलाइन्स नेपाल आइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।’ विकास साझेदारी मुलुक रसियासँगको पुरानो दौँतरी सम्बन्ध रहेकाले पनि यो मुलुकसँगको हवाई उडान प्रक्रियाले चाँडै पूर्णता पाउने विश्वास लिइएको छ ।

नेपालले ३९ वटा मुलुकसँग हवाई सम्झौता गरेको भए पनि सबै मुलुकले उडान भर्दैैनन् । अहिले २६ वटा वायु सेवा प्रदायक कम्पनीले नेपालमा उडान भर्दै आएका छन् । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लो पटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गरेको देशमध्ये कम्बोडिया ३९औँ देश हो । सम्झौतामा कम्बोडिया र नेपालका वायु सेवा कम्पनीले हप्तामा १४–१४ पटक सिधा उडान भर्नसक्ने उल्लेख छ ।

उक्त सम्झौताको छिट्टै पूर्ण कार्यान्वयनका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पनि कम्बोडियामा गन्तव्य विस्तार गर्ने बाटो खुले पनि निगमले पहल गरेको छैन । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कम्बोडियाबाट लुम्बिनी आउन बौद्ध धर्मावलम्बी र पर्यटकलाई फाइदा पुग्नेछ ।यसअघि विसं २०७५ मङ्सिरमा थाइल्याण्ड र जापानसँग हवाई सम्झौताको नवीकरण गरिएको थियो । सरकारले तीन दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता गरेको भए पनि नेपाली हवाई सेवा प्रदायकले अन्तर्राष्ट्रिय गन्तव्यमा उडानका लागि स्वीकृति पाउन सकेको छैन ।

नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने नेपाल एयरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर तथा हङकङ, बैंकक, दोहा, दुबई र क्वालालम्पुरसहित आठ गन्तव्यमा उडान गर्दै आएको छ भने हिमालय एयरलाइन्सले अबुदायवी, दमाम, क्वालालम्पुर र दुबईभन्दा अन्य गन्तव्यमा उडान विस्तार गर्न सकेको छैन । बुद्ध एयरले भारतका केही गन्तव्यमा एटिआर जहाजमार्फत उडान गरिरहेको छ ।

Advertisement
–सिबी अधिकारी/ रासस

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top