×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

विश्वकप क्रिकेट : श्रीलंकाद्धारा उपाधि दाबेदार इंग्ल्यान्ड पराजित

७ असार २०७६

एजेन्सी, असार ७
जारी एकदिवसिय विश्वकप क्रिकेटमा श्रीलंकाले उपाधिको बलियो दाबेदार मानिएको इंग्ल्यान्डलाई पराजित गरेको छ । शुक्रबार राती सम्पन्न खेलमा श्रीलंकाले घरेलु टोली इंग्ल्यान्डलाई २० रनले पराजित गरेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड ४७ ओभरमा अल हुँदै २ सय १२ रनमा समेटिन पुग्यो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले उत्कृष्ट प्रर्दशन गर्दै ८२ रनमा अविजित रहेपनि अन्य खेलाडीको साथ नपाउँदा पराजित हुन पुगेको हो । स्टोक्सले ८९ बलमा ७ चौका र ४ छक्का प्रहार गरेका थिए ।

Advertisement
Advertisement

इंग्ल्यान्डले पहिलो ओभरको दोस्रो बलमा ओपनर जोनी बेयरस्टोलाई शुन्यमा गुमाएको थियो । उनलाई लाथिस मलिङ्गाले एलवी डब्लू आउट गरे । सातौं ओभरको पाँचौ बलमा जेम्श भिन्सलाई मलिङ्गाले १४ रनमा कुशल मेन्डिसबाट क्याच आउट गराए । १९ ओभरको चौथो बलमा इसरु उडानाले कप्तान इओन मोर्गनलाई १८ रनमा आफैं क्याच लिँदै पेभिलिएनको बाटो देखाएपछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

चौथो विकेटका लागि जो रुट र बेन स्टोक्सले ५४ रनको साझेदारी गर्दै दबाब केहि कम गरे । तर मलिङ्गाले ३१ ओभरको तेस्रो बलमा जो रुटलाई कुशल परेराबाट ५७ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्ड थप समस्यामा परेको थियो । तल्लोक्रममा ठूलो आसा गरिएका विकेटकीपर जस बटलरलाई मालिंगाले नै एलबीडब्लू आउट गर्दै १० रनमा पेभिलिएन फर्काएपछि इंग्ल्यान्ड संकटमा परेको थियो । धनञ्जय डी शिल्भाले मोइन अलीलाई १६, क्रिस वोक्सलाई २ र आदिल राशिदलाई १ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको जित टाढिएको थियो ।

जोफ्रा आर्चरबाट आशा गरिएको थियो । तर ४४ ओभरको चौथो बलमा ठूलो शट खेल्ने धुनमा बाउन्ड्री लाइन नजिकै थिसारा परेराबाट ३ रनमा क्याच आउट भएपछि श्रीलंका जित नजिक पुगेको थियो । श्रीलंका लागि लाथिस मलिङ्गाले १० ओभरमा १ मेडन सहित ४३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै धनन्जय डी शिल्भाले पनि ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट हात पारे । इसुरु उडाना २ र नुवान प्रदीपको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३२ रन बनाएको थियो। श्रीलंका लागि पुर्व कप्तान समेत रहेका एन्जिलो मेथ्यिुजले सर्वाधिक अविजित ८५ रनको योगदान दिए । उनले १ सय १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

ओपनर दिमुथ करुणारत्नेलाई जोफ्रा आर्चरले दोस्रो ओभरमा अन्तिम बलमा विकेटकीपर जस बटलरबाट क्याच गराउँदै १ पेभिलिएन फर्काएका थिए । लगत्तै दुई बलपछि अर्का ओपनर कुशल परेरा २ रनमा क्याच आउट हुन पुगे । तेस्रो विकेटका लागि अबिष्का फर्नान्डो र कुशल मेन्डिसले ५९ रनको साझेदारी गर्दै दबाब कम गरेका थिए । १३ ओभरको पाँचौ बलमा मार्क उडले आदिल राशिदबाट फर्नान्डोलाई ४९ रनमा क्याच आउट गर्दै साझेदारी तोडेका थिए । उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

चौथो विकेटका लागि मेन्डिस र मेथ्यिुजले ७१ रनको साझेदारी गर्दै इनिङ उकासे । ३० ओभरको चौथो बलमा आदिल राशिदले कप्तान इओन मोर्गनबाट क्याच गराउँदै मेन्डिसलाई ४६ रनमा पेभिलिएन फर्काए । लगत्तै अर्को बलमा राशिदले जीवन मेन्डिसलाई शुन्यमा आउट गरे । धनञ्जय डी शिल्भा २९,तिसेरा परेरा २,इसुरु उडाना ६ र लाथिस मलिङ्गा १ रनमा आउट भए ।

Advertisement

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले १० ओभरमा २ मेडन सहित ५२ रन खर्चेर ३ विकेट लिए । मार्क उडले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै आदिल राशिद २ र क्रिस वोक्सले १ विकेट लिए ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top